
दोहा– बहराइनस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई कोरोनाबिरुद्धको दुई डोज खोप लगाईसकेकाले बुस्टर डोज खोप लगाउन आग्रह गरेको छ । दूतावासले एक बिज्ञाप्ति जारी गर्दै बुस्टर डोज खोप लगाउन समय भइसकेका नेपाली श्रमिकले दर्ता नगरी बिना (आपोइमेन्ट) आफूलाई पायक पर्ने स्वास्थ्य केन्द्रमा गएर बुस्टर डोज खोप लगाउन सकिने जनाएको छ ।
यस्तै, ३ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि बहराइन सरकारले खोप उपलब्ध गराइरहेको आफ्ना छोराछोरीहरूलाई समेत खोप लगाउन त्यहाँ कार्यरत नेपाली समुदायलाई दूतावासले अनुरोध गरेको छ । यसैगरी, त्यहाँको स्वास्थ्य सम्बद्ध निकायहरूले १९ डिसेम्बरदेखि लागू भई ३१ जनवरी २०२२ सम्म रहने गरी जारी भएको सूचनानुसार घर बाहिर निस्किँदा सबैले नाक र मुख राम्रोसँग छोप्ने गरी हरसमय मास्क लगाउन पनि दूतावासले भनेको छ ।
साथै, सामाजिक दूरी कायम गर्नु पर्ने, खोप लगाएका वा उक्त संक्रमण भइ निको भएकाहरूले पनि ब्यापारिक स्थल, रेस्टुरेन्ट, खेलकुद स्थलहरू, सिनेमा घर, शैलुनलगायत स्थानमा प्रवेश गर्दा बिवेयर एप्लिकेसनमा ग्रिन देखाउनु पर्नेछ । विविध कारणले खोप लगाउन नसकेका वा अवैध रूपमा रहेका नेपालीहरूले अझै खोप नलगाएका भए दूतावासले उपलब्ध गराएको फारम भरी रजिस्ट्रेसन गर्नसमेत दूतावासले अनुरोध गरेको छ ।