Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • फजल इन्टरनेसनलको बद्मासी, साउदीमा युवा अलपत्र
फजल इन्टरनेसनलको बद्मासी, साउदीमा युवा अलपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस ५, २०७८
Kamal Gharti
Hardik health
दोहा– फजल इन्टरनेसनल प्रालिको बद्मासीले एक युवा ७ महिनादेखि पराइ देशमा अलपत्र परेको समाचार प्राप्त भएको छ । २३ महिनादेखि साउदीमा कार्यरत ती युवा विगत ७ महिनादेखि अलपत्र परेको बारम्बार गर्दा पनि वास्ता नगरेपछि ती युवा पराइ देशमा अलपत्र परेका हुन् । प्राप्त समाचार अनुसार म्याग्दी घर भई साउदीको अल कासिम क्षेत्रमा पर्ने अल रासमा रहेको साले फाले अल रसिदी कम्पनीमा कार्यरत कमल घर्ती ७ महिनादेखि अलपत्र परेका थिए । लामो समयसम्म पनि सो म्यानपावर कम्पनीले वास्ता नगरेपछि एनआरएनएले उनको उद्धार गरेको समाचार छ । विगत ७ महिनादेखि कम्पनी बन्द भई अकामा नभएका कारण नेपाल फर्किन नसकी अलपत्र अवस्थामा रहेका घर्तीलाई एनआरएनए अल कासिमको सहयोगमा शनिबार नेपाल फर्काईएको संघका क्षेत्रीय समन्वय समिति अल कासिम सचिव ध्रुब कटुवालले जानकारी दिए । सचिव कटुवालका अनुसार साउदीमा रहेका एजेन्ट दीपक थापाको माध्यमबाट फजल इन्टरनेसनल हुँदै त्यहाँ पुगेका घर्तीले तीन महिनादेखि आफूले पाउनु पर्ने तलब पनि नपाएको उनले बताएका छन् । बिनालाइसेन्स पानी बोक्ने गाडी चलाउँदै गरेको तथा घर जान समस्या भएपछि एजेन्ट थापालाई बारम्बार सहयोग गर्न आग्रह गर्दा पनि नसुनेपछि नेपाली दूतावास रियादले अध्यागमन बिभागलाई इक्जिट भिसा प्रक्रियाका लागि आउट पास बनाएर दिलाएका तर त्यसपछि कुनै सहयोग नगरेको उनले बताएका छन् । तर उक्त आउट पास पाए पनि अध्यागमनबाट समयमा इक्जिट भिसा नलागेको र आफूलाई खानको समस्या हुँदा एजेन्ट थापालाई बारम्बार अनुरोध गर्दासमेत वास्ता नगरेको घर्तीले बताएका छन् । बारम्बार घर्तीले उनलाई सहयोग माग्दै आएको भए पनि थापाले पछिल्लो समय ‘सहयोग गर्न नसक्ने र जे गर्छौ गर, जहाँ जान्छ जा’ भन्नेजस्ता धम्की दिएपछि दूतावासलाई खबर गर्दा दूतावासबाट पनि आफूले सहयोग नपाएको बताउँदै उनले एनआरएनएलाई सहयोगको लागि अनुरोध गरेका थिए । उनको अनुरोध आएलगत्तै एनआरएनएको सहयोगमा सबै फाइनल इक्जिट प्रक्रिया पूरा भए पनि कम्पनी तथा एजेन्टले टिकट उपलब्ध नगराउँदा एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवसँग समन्वय गरी पिसिआर परीक्षण तथा हवाइ टिकट उपलब्ध गराई नेपाल पठाइएको सचिव कटुवालले बताए । फजल इन्टरनेसनल अत्यन्तै नाम चलेको म्यानपावर कम्पनी भएकाले उनले विभागलाई मिलाउन सक्ने भन्दै थापाले घर्तीलाई उल्टै धम्की दिएको बताइन्छ । विभागका कतिपय कर्मचारीलाई आफूहरूले पाल्दै आएकाले उजुरी गर्दा पनि उल्टै थुन्ने धम्की दिएपछि अहिले ती युवा काठमाडौंमा अलपत्र परेर बसेका छन् । यसबारे प्रभाव दैनिकले फजल इन्टरनेसनलका सञ्चालक लक्षिराम ढुंगानाले पनि यसबारे आफूलाई केही पनि थाहा नभएको यसबारे सबै कुरा दीपक थापालाई नै थाहा हुने भन्दै सजिलै पन्छिए । ती युवालाई उद्धार गर्नु म्यानपावर कम्पनीको जिम्मेवारी हो कि होइन भन्ने प्रभाव दैनिकको प्रश्नमा ढुंगानाले राति भएकाले बोल्न नसक्ने यसबारे सोमबार मात्र बोल्ने भन्दै उनले जिम्मेवारबाट पन्छिए ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  ०३:४३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP