Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पर्यटक भिसाले रोजगारीमा नजान आग्रह
पर्यटक भिसाले रोजगारीमा नजान आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ४, २०७८
DSC_0286
Hardik health
काठमाडौं– रोजगारीका लागि विदेश जाने युवाहरूलाई पर्यटक (भिजिट) भिसामा नजानका लागि सरोकारवालाले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा शनिबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिजिट भिसाः समस्या र समाधान विषयक छलफलमा सहभागीहरूले यस्तो बताएका हुन् । पछिल्लो समय भिजिट भिसामा भारतीय बाटो तथा सेटिङका आधारमा समेत जाने क्रम बढेको भन्दै भिजिट भिसामा विदेश पठाउनै बन्द गर्नु पर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले बताएका छन् । पछिल्लो समय भिजिट भिसाको समस्या धेरै रहेको भन्दै समय सरकार उदासिन बनेको उनको आरोप छ । ‘भिजिट भिसा समस्याका रूपमा देखिएको र यसमा व्यवसायी सहभागी भएको खण्डमा पनि कारबाही गर्नु पर्छ, यो अवैध काम हो,’ तामाङले भने । वैदेशिक रोजगारीको क्षेत्रलाई राम्रो बनाउनेतर्फ सबै लाग्नु पर्ने बताएका तामाङले जुनसुकै माध्यमबाट गएको भए पनि बिग्रेपछि व्यवसायीलाई दोष लगाउने परिपाटीले व्यवसायलाई मर्यादित नबनाउने बताए । साथै घुम्नका लागि छोटो समयको भिसा भए पनि पुग्ने भए पनि ९० दिनको भिसा दिनुले यसमा सरकारको समेत संलग्नता रहेको प्रस्ट देखिएको उनको आरोप छ । ‘युएईमा घुम्म जानेलाई ३० दिन भए पुग्दैन र ? अनि किन ९० दिनको भिसा दिएको ? सरकारलाई सबै जानकारी छ तर सरकारका संयन्त्रले रोक्नका लागि पहल गरेका छैनन्,’ तामाङले भने । सबैभन्दा पहिले राष्ट्रसेवक सुध्रनु पर्ने आवश्यकता रहेको उनले बताए । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले जान्नेहरू नै भिजिट भिसामा जाने गरेको भन्दै यस्तो कार्य रोकिनु पर्ने बताएका छन् । ‘जाने र पठाउने सबै उत्तरदायी हुनु पर्छ, यदि कुनै व्यवसायीले नै भिजट भिसामा पठाएको भए कारबाही गर्न एसोसिएनको तर्फबाट मागसमेत गर्दछु,’ अध्यक्ष ढकालले भने । छिटो गएर छिटो कमाउने लोभका कारणसमेत समस्या आउने गरेको धारणा थियो । यो अहिल व्यापार भएको भन्दै यसमा सरकारले तत्परता देखाएर काम गर्न सक्नु पर्ने उनले बताए । त्यस्तै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले सकेसम्म भिजिट भिसामा विदेशमा काम गर्ने उद्देश्यल नजान आग्रह गरेका छन् । भिजिटमा भएर कामदार भिसामा बदल्न सकिने आसमा गएका युवाहरू बिचल्लीमा परेको भन्दै यसका लागि जानेहरू सचेत हुनु पर्ने उनले बताए । श्रम विज्ञ रामेश्वर नेपालले भिजिट भिसाका विषयमा सबै जानकार रहेको भन्दै व्यवहारमा लागू गर्नु पर्ने धारण व्यक्त गरेका छन् । ‘प्रतिबन्ध लगाइएको महिला श्रमिक जान त नरोकिएको अवस्थामा भिजिट भिसामा त अन्तराष्ट्रिय रूपमा नै घुम्न जान पाउने व्यवस्था रहेको छ, यसलाई कसरी रोक्ने ?’ उनले प्रश्न गरे । भिजिट भिसामा जानु भाग्य भए पनि यो भिसामा लैजानु दुर्भाग्यपूर्ण रहेको प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताएका छन् । कोभिडका कारण रोजगारी बन्द भएको समयमा भिजिट भिसामा जानेक्रम बढेको उनले बताए । त्यस्तै एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालले भिजिट भिसामा जाने कामदारलाई सचेतनाको आवश्यकता रहेको बताएका छन् । उनले भने, ‘कामदारको मात्रै नभएर सरकारको कमी कमजोरीले पनि भिजिट भिसामा जाने श्रमिक संख्या बढेको भन्दै यसले समस्या सिर्जना गरेको छ ।’ वैदेशिक रोजगारमा जाने प्रक्रिया निकै लामो रहेका कारणले पनि भिजिट भिसामा जाने क्रम बढेको उनको तर्क छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिराम भट्टले वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिएर जान आग्रह गरेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०३:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP