Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • करार सम्झौता गर्न आउन आह्वान
करार सम्झौता गर्न आउन आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २९, २०७८
download
काठमाडौं– रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकलाई करार सम्झौता गर्न आउनका लागि वैदेशिक रोजगार विभागले आह्वान गरेको छ । विभागले एक सूचना जारी गर्दै भाषा परीक्षामा उत्तीर्ण भएकाहरूलाई सम्झौता गर्न आउन आह्वान गरेको हो । इजरायलको दीर्घकालीन सेवा केन्द्रमा काम गर्न जानका लागि सबै प्रक्रिया पूरा भइ उताबाट रोजगारदाताले हस्ताक्षर गरी पठाएकाले सो सम्झौता पत्रमा नेपाली श्रमिकको हस्ताक्षर गरी पठाउनु पर्ने भएकाले २९ मंसिरदेखि ४ पुससम्म सम्झौता पत्रमा हस्ताक्षर गर्न आउन विभागले भनेको छ । रोजगारदाताले पठाएको उक्त सम्झौता पत्रमा नेपाली श्रमिकको तर्फबाट ५ दिनभित्र हस्ताक्षर गरी पठाउन भनिएको विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । विभागका महानिर्देक दीपक काफ्ले हस्ताक्षर गरेको सूचनामा इजरायल पठाउन आवश्यक पर्ने कागजातसहित उपस्थितिका लागि भनिएको छ । सम्झौता गर्न आउँदा प्रहरी चारित्रिक प्रमाण पत्रको सक्कली प्रमाण पत्र ३ प्रति प्रतिलिपि, कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्रको सक्कली प्रमाण पत्रसहित ३ प्रति प्रतिलिपि साथमा समावेश गरेर आउनु पर्ने बताइएको छ । त्यस्तै सक्कल राहदानी र ३ थान प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्र र तालिम लिएको प्रमाण पत्रको सक्कल प्रति र ३ प्रति प्रतिलिपि, संक्षिप्त विवरणसहितको क्लियर ब्याग र २ प्रति हालसालै खिचेको फोटा साथमा लिएर सम्झौता गर्न आउन भनिएको छ । उम्मेदवारहरूले यी विवरणसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म उपस्थित हुनुपर्ने पनि सूचनामा भनिएको छ । इजयारलको दीर्घकालीन सेवा केन्द्रमा रोजगारीका लागि माग भई आएको १ हजार कोटाका लागि ७ हजारभन्दा बढी व्यक्ति सहभागी भएको विभागले जनाएको छ । अंग्रेजी भाषामा सञ्चालन गरिएको परीक्षाबाट उत्तीर्ण भएकाहरूको शारीरिक परीक्षण, स्वास्थ्य परीक्षणलगायत काम सकेर अब इजरायल जाने अन्तिम खुड्किलोका रूपमा हेरिएको विभागले जनाएको छ । इजरायल जाने श्रमिकको सुरुमा एक वर्षको करार सम्झौता हुने बताइएको छ । पुनः सम्झौता गरेर ५ वर्षसम्म इजरायलमा रोजगारीका लागि बस्न पाउने जनाइएको छ । इजरायल जानका लागि १ हजार १ सय ७५ मध्ये ८ सय २१ महिला र ३ सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरिएको थियो । उक्त प्रकाशित गरेकोमध्ये पहिलो चरणमा क्रम संख्याका आधारमा ३ सय ५० महिला र १ सय ५० पुरुषको नामावली इजरायल पठाइएको र दोस्रो चरणमा बाँकी ६ सय ७५ जनाको नाम पठाइएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  ०३:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, साउन १३, २०८२
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP