Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैध हुने सम्बन्धमा सचेतनामूलक कार्यक्रम
वैध हुने सम्बन्धमा सचेतनामूलक कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २७, २०७८
TT
Hardik health
काठमाडौं– अवैधानिक रुपमा कतारमा बसोबास गरिरहेका नेपाली श्रमिकहरुलाई वैध हुने विषयमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । कतारमा रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले संयुक्त रुपमा सचेतनामूलक कार्यक्रममा आयोजना गरेका हुन् । अहिले कतार सरकारले अवैधानिक रुपमा त्यहाँ बसोबास गरिरहेकाहरुका लागि आममाफीको प्रक्रियामार्फत वैध हुनका लागि आग्रह गरिरहेको अवस्थामा यसको फाइदा कसरी लिन सकिन्छ भन्ने विषयमा श्रमिकलाई जानकारी दिइएको बताइएको छ । कतारमा रहेको नेपाली दूतावासका अनुसार शुक्रबार सम्पन्न भएको कार्यक्रममा कतारमा कानुनी अवस्था गुमाएका नेपाली श्रमिकले कसरी वैधानिकता प्राप्त गर्ने भन्ने कुरा सिकाइएको थियो । कार्यक्रम सिमित मात्रामा भौतिक उपस्थिति रहेको र भर्चुल माध्यम जुमबाट पनि सहभागी भएर कार्यक्रम सम्पन्न गरिएको बताइएको छ । कतारले गएको १० अक्टोबरदेखि आममाफी दिने बताएको थियो । यो समय यही ३१ डिसेम्बरसम्म सम्म रहेको बताइएको छ । तोकिएको अवधिमा दिएको आममाफीको अवसरको सदुपयोग गरि वैध हुन दूतावासले नेपाली श्रमिकलाई अनुरोध गरिरहेको जनाएको छ । समय सकिँदै गर्दा अहिलेसम्म यो सुविधामार्फत आफ्नो कानुनी अवस्था सुधार्न नसकेकाहरुलाई सजिलो होस् भनेर दूतावासले कार्यक्रम आयोजना गरेको बताइएको छ । कम्पनीमा वर्किङ भिसामा कतार गएर विभिन्न कारणले कतारी आइडी नपाएका वा नवीकरण हुन नसकी अवैध रूपमा रहेकाहरूले कुनै रोजगारदाता कम्पनीबाट जब अफर लेटर लिई आवश्यक कागजातसहित विभिन्न केन्द्रमा गएर कानुनी अवस्था सुधार गर्न सक्ने जनाइएको छ । यसरी कानुनी अवस्था सुधार गर्दा अहिलेसम्मको जरिमाना छुट तथा मिनाहा हुनेछ भने जब अफर लेटर पेस गरेको कम्पनीमा रोजगारीका लागि कागजात नियमित गर्नसमेत सकिने बताइएको छ । त्यसका लागि विभिन्न स्थानमा गएर सेवा लिन सकिने जनाइएको छ । तोकिएका केन्द्रहरुमा उम्म सलाल सर्भिस सेन्टर, उम्म सुनाइम सर्भिस सेन्टर (साविकको इन्टस्ट्रियल एरिया) मेसाइमिर सर्भिस सेन्टर, अल वाक्रा सर्भिस सेन्टर र अल रैयान सर्भिस सेन्टर रहेका छन् । यसरी रोजगारी सुनिश्चित नभएकाहरूको हकमा भने स्वदेश फिर्तीको सहजीकरणसमेत गरिने दूतावासले जनाएको छ । त्यसका लागि सर्च एन्ड फ्लो अप डिर्पाटमेन्ट (एसएएफडी) मा रहेको काउन्टरमा नेपाल फर्कने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट तथा मिनाहा गरी स्वदेश फर्कन पाइने पनि बताइएको छ । जुनसुकै प्रकारको भिसामा कतार गएको तर भिसाको म्याद समाप्त भई अहिले पनि कतारमै रहेकाहरूले भने नेपाल फर्कने टिकटको बुकिङ लिएर एसएएफडी मा उपस्थित भई दण्ड र जरिमाना मिनाहा गरी स्वदेश फर्कन सक्ने बताइएको छ । कतार सरकारले दिएको यस अवसरको सदुपयोग गरेर दण्ड जरिमानाबाट बचेर स्वदेश फर्किने वा कतारमै वैध भएर बस्ने अवस्था सिर्जना गर्न दूतावासले नेपाली श्रमिकलाई अनुरोधसमेत गरेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  ०३:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP