Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायलाई सम्मानित बनाउने प्रयासमा व्यावसायी : नीति निर्माण तहमा पुग्ने प्रयास
व्यवसायलाई सम्मानित बनाउने प्रयासमा व्यावसायी : नीति निर्माण तहमा पुग्ने प्रयास
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २४, २०७८
DSC_0187
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायलाई सम्मानित बनाउन व्यावसायीहरू नै नीति निर्माण तहमा पुग्नुपर्ने उनीहरूले बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले काठमाडौंमा बिहीबार आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा बोल्ने व्यावसायीहरूले यस्तो बताएका हुन् । मुलुकमा रोजगारको कुनै व्यावस्था नभएपछि वैदेशिक रोजगारमा जानु बाध्यत्मक अवस्था भएको भए पनि यो क्षेत्र सम्मानित हुन नसकेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । बिहीबारको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले वैदेशिक रोजगारीको क्षेत्रलाई सम्मानित र व्यवस्थित बनाउनका लागि यो क्षेत्रमा संलग्नहरू नीति निर्माण तहमा पुग्नु पर्ने बताए । वैदेशिक रोजगारीको क्षेत्रलाई सम्मानित र मर्यादित बनाउनका लागि नीति निर्माणको तहमा नै यो क्षेत्रको उपस्थिति हुनु पर्ने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तारानाथ अर्यालले बताएका छन् । यसका लागि कांग्रेसको आगामी महाधिवेशनबाट वैदेशिक रोजगारमा संलग्न व्यक्तिहरू केन्द्रीय समितिमा अनिवार्य रूपमा प्रतिनिधित्व गर्नु पर्ने उनले बताए । अर्थतन्त्रका मेरुदण्डका रूपमा रहेको यो क्षेत्रलाई सहजीकरण गर्नका लागि पनि पार्टीको नेतृत्वमा पुग्नु पर्ने आजको आवश्यकता रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले बताएका छन् । व्यवसायीको हक हितका लागि यो क्षेत्रमा संलग्न व्यक्ति जुनसुकै टिममा भए पनि सहयोग गरेर निर्वाचित गराउन लाग्नु पर्ने उनले बताए । त्यस्तै महाधिवेशन प्रतिनिधि तथा पूर्वउपाध्यक्ष सीतादेवी देवकोटाले अर्थतन्त्रलाई महत्वपूर्ण योगदान दिन यो क्षेत्रलाई सम्मान गर्नका लागि पनि पार्टीको केन्द्रीय समितिमा यो क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने बताएकी छन् । व्यावसायीलाई सम्मानित बनाउनका लागि नेतृत्वमा पुग्नै पर्ने आवश्यकता रहेको उनले बताइन् । यो क्षेत्रमा देखिएका समस्या समाधान गर्न र नीति निर्माण मै पहल गर्नका लागि पनि यो क्षेत्रबाट प्रतिनिधित्व हुन आवश्यक रहेको मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले बताएका छन् । मुस्लिम प्रतिनिधिलाई व्यवसायीका उम्मेदवारलाई भोट हाल्नका लागि अनुरोध गर्ने प्रतिवद्धता व्यक्त गरेका उनले आफूलाई पनि व्यवसायी साथीहरूले सहयोग गरिदिन अनुरोध गरे । त्यस्तै एसोसिएसनका पूर्वअध्यक्ष किरणकिशोर घिमिरेले व्यवसायबिना देश चन्न नसक्ने भन्दै नेतृत्वमा पनि व्यावसायीका प्रतिनिधिलाई पठाउनु पर्ने आवश्यकता रहेको बताएका छन् । जसले राष्ट्रको अर्थतन्त्रमा प्रभाव पार्ने क्षेत्रलाई मर्यादित बनाउन नीति बनाउन सहयोग पुग्ने उनले बताए । अर्का पूर्वअध्यक्ष विमल ढकालले यो क्षेत्रबाट गएर केन्द्रीय सदस्यमा उम्मेदवार भएका व्यक्तिहरूलाई निर्वाचनामा विजयी बनाउनु पर्ने धारणा व्यक्त गरे । संस्थाप अध्यक्ष तिलक रानाभाटले देशको उन्नति गराउनका लागि व्यवसाय अति आवश्यक भएको बताएका छन् । त्यसैले कांग्रेस पार्टीलाई पनि व्यवसायीले योगदान गर्नु पर्ने उनले बताए । ‘व्यवसायलाई मर्यादित बनाउन पनि यो क्षेत्रमा संलग्न व्यक्तिहरू विजयी हुन आवश्यक रहेको छ, त्यसका लागि सबैले पहल गर्नु पर्छ,’ संस्थापक अध्यक्ष रानाभाटले भने । अब्बल हुनका लागि नेतृत्वमा पुग्नु पर्ने र त्यहाँ पुगेपछि व्यावसायीका समस्या समाधान गर्नका लागि पहल गर्नु पर्ने एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले बताएका छन् । उनले कांग्रेसका मन्त्रीले लागू गरेको फ्रि भिसा फ्रि टिकटको व्यवस्था पनि कांग्रेसकै सरकारले पुनर्विचार गर्नु पर्ने अवस्था आएको बताए । महाधिवेशन प्रतिनिधिलाई सम्मान एसोसिएसनमा आबद्ध रहेर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका व्यक्तिहरूलाई सम्मान गरिएको छ । बिहीबार एक कार्यक्रम गरेर एसोसिएसनले विभिन्न जिल्लाबाट प्रतिनिधिका रूपमा चयन भएका ३० जनालाई खादा मालासहित सम्मान गरेको हो । कांग्रेसको १४औँ महाधिवेशनमा छनोट भएका वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूलाई सफलताको कामनासहित सम्मान र बधाई ज्ञापन गरिएको एसोसिएसनका महासचिव भवानी निरौलाले बताएका छन् । एसोसिएसनमा आवद्ध भएर वैदेशिक रोजगारीमा संलग्न रहेका संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट, पूर्वअध्यक्षहरू विमल ढकाल, किरणकिशोर घिमिरे, प्रज्ञान न्यौपाने र यामबहादुर केसीसहित महाधिवेशन प्रतिनिधिलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो । रानाभाट कास्की, ढकाल रूपन्देही, घिमिरे र न्यौपाने दाङ र केसी रुकुम पश्चिमबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा छनोट भएका हुन् । त्यस्तै गोरखाबाट महाधिवेशन प्रतिनिधि भएका मुस्लिम संघका अध्यक्ष अब्दुल सतारलाई पनि संघले सम्मान गरेको छ । त्यस्तै पूर्ववरिष्ठ उपाध्यक्ष ऋषि शर्मा, एसोसिएसनका पूर्वउपाध्यक्ष सीतादेवी देवकोटा, कार्यसमिति सहसचिव मच्छिन्द्रनाथ शर्मा, पूर्वकोषाध्यक्ष मित्रदेव घिमिरेलाई पनि सम्मान गरिएको छ । यसैबीच, मनाङ जिल्ला सभापति शंकर गुरुङ, एसोसिएसनका सदस्यहरू बलबहादुर तामाङ, राधिका कटुवाल, श्याम श्रेष्ठ, युवराज गुरुङ, सदस्य तथा जनसम्पर्क समिति मलेसियाबाट महाधिवेशन प्रतिनिधि रहेका चोलाकान्त पंगेनी र नवलकिशोर यादवलाई पनि सम्मान गरिएको महाचविब निरौलाले बताएका छन् । त्यस्तै सदस्यहरू बलभद्र ढकाल, भीम रोक्का, मनोज खड्का, अम्बिका शर्मा, घनश्याम तामाङ, राजेश गौतम, राजेश्वर राय, सर्वधन तामाङ, जनसम्पर्क समिति साउदी अबरबाट महाधिवेशनमा आएका अर्जुन थापा र आसुतोष मिश्रलाई सम्मान गरिएको हो । त्यस्तै जिल्ला कार्य समिति ओखलढुंगाको उप–सभापतिमा निर्वाचित संघका कार्यवाहक अध्यक्ष कमल तामाङलाई बधाइ तथा सफलताको शुभकामना व्यक्त गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  ०३:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP