
काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था जनसम्पर्क समिति जर्मनीले नयाँ कार्य समिति चयन गरेको छ । समितिले दयाराम पौडेलको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्य समितिको उपसभापतिमा होम शर्मा, कुलराज गिरी, कल्पना वाग्ले, तोयानाथ खनाल, रमेश अर्याल, महिला उपाध्यक्षमा शान्ति श्रेष्ठ चयन भएको बताइएको छ । त्यस्तै महामन्त्रीमा बोनट गौतम, सह–महामन्त्रीमा ललित जोशी, कोषाध्यक्षमा शर्मिला डाँगी र सह–कोषाध्यक्षमा संजय महर्जन चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा विनोद ढकाल, डिल्ली लामिछाने, रोशन महर्जन, मिना कार्की, मन्जिल श्रेष्ठ, बिष्णुकुमारी केसी र लक्ष्मी केसी चयन भएका छन् । महासमिति सदस्यमा रामजीवी पन्त र दयाराम पौडेल चयन हुँदा महाधिवेशन प्रतिनिधिमा रमेश अर्याल, कुलराज गिरी र तोयानाथ खनाल सर्वसम्मत चयन भएको जनसम्पर्क समिति जर्मनीले जनाएको छ ।