
काठमाडौं– कुवेतमा रहेको नेपाली दूतावासको प्रतिनिधि मण्डलले नेपाली श्रमिकहरू कार्यरत कम्पनीको स्थलगत भ्रमण गरेको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको नेतृत्वको टोलीले नेपाली कार्यरत कम्पनीको भ्रमण गरेका हुन् ।
राजदूत भण्डारीसँगै दूतावासका मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेल र श्रम सहचारी हेमकुमार अधिकारीसहितको टोलीले त्यहाँको नेपाली श्रमिक कार्यरत कम्पनी ‘यान्ड मार्क’ को भ्रमण गरेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार भ्रमणमा कम्पनी व्यवस्थापन तथा नेपाली कामदारसँग भेटघाट तथा छलफल गरिएको छ ।
कुवेतका कम्पनीमा कार्यरत नेपालीहरूको रोजगारीको अवस्था, सेवासुविधा, कार्यस्थलको भौतिक अवस्थासमेत बुझ्नु र श्रमिकहरूले थाहा पाउनै पर्ने महत्वपूर्ण विषयमा जानकारी उपलब्ध गराउने उद्देश्यले भ्रमण गरिएको बताइएको छ ।