
काठमाण्डौ – नेपालबाट वैदेशिक रोजगारीमा जनेहरूका लागि दक्षित गरेर त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र श्रमिकहरूका लागि विश्राम कक्षको निर्माण गरिएको छ । निर्माण सम्पन्न भएको विश्राम कक्षको बुधबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटनसमेत गरेका छन् ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई श्रम इजाजत जाँच कक्षमा प्रवेश गर्नुअघि नै श्रमिकहरू बस्न मिल्ने गरी विश्राम कक्ष निर्माण गरिएको बताइएको छ । ३० जनाको क्षमता रहेको विश्राम कक्षमा फ्री वाइफाइ, चार्जिङ प्वाइन्ट, टिभी, खानेपानी र उडानबारे महत्वपूर्ण जानकारी रहेको डिजिटल डिस्प्लेको व्यवस्था गरिएको छ । रोजगारीमा जने श्रमिकहरू कुनै समस्यामा परेर फोन गर्नु पर्ने अवस्था आएमा त्यसको पनि व्यवस्था रहेको जनाइएको छ ।
विश्राम कक्षकको उद्घाटन गर्दै मन्त्री आलेले नेपाली श्रमिकका लागि विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताएका छन् । नेपाली श्रमिक विदेशी देशको ५० डिग्रीमा श्रम गरेर रेमिट्यान्स पठाउने तर उनीहरूका लागि राज्यबाट विदेश जानका लागि समेत कुनै सुविधा प्रदान नगरेको भन्दै अहिलेको सरकारले सके जति सेवा दिने प्रयास गरेको उनले बताए ।