Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नाम मात्रको सम्झौता गरिँदैनः मन्त्री श्रेष्ठ
नाम मात्रको सम्झौता गरिँदैनः मन्त्री श्रेष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १२, २०७८
Krishna Kumar
Hardik health
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) ले नाम मात्रको सम्झौता नगरिने बताएका छन् । मन्त्रालयले आयोजना गरेको कतार संयुक्त कार्यसमिति बैठकको तयारी सम्बन्धमा सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा यस्तो बताएका हुन् । सम्झौताका नाममा सम्झौता गर्ने पक्षमा आफू नरहेको भन्दै लागू हुने सम्झौता मात्र गरिने मन्त्री श्रेष्ठले बताए । देखाउनका लागि मात्रै नभएर व्यवहारिक रूपमा लागू हुने देशसँग मात्रै सम्झौता गरी लागू गरिने उनले बताएका छन् । सोही कार्यक्रममा मन्त्री श्रेष्ठले कतार भिसा सेन्टरले सिन्डिकेट गरेको र श्रमिकसँग चर्को शुल्क असुली गरेको गुनासो आएको भन्दै त्यस विषयमा अध्ययन गरिएरको पनि जानकारी दिए । कतार सरकारसँग दुई तीनवटा प्रदेशमा तालिम केन्द्र सञ्चालनका लागि नेपालका तर्फबाट यसअगाडि नै प्रस्ताव गरिएको र आगामी बैठकमा यसबारेमा निर्णय हुन सक्ने सम्भावना रहेको मन्त्री श्रेष्ठको बताए । छलफलमा सहभागी व्यवसायी, नागरिक समाजका प्रतिनिधिहरूले कतारसँगको आगामी संयुक्त बैठकमा नेपालका तर्फबाट उठाउनु पर्ने विषयहरूको सुझावसमेत दिएका थिए । सो क्रममा कतारमा नेपालीको मृत्युको कारण खोजिनु पर्ने, मृतकको पोस्टमार्टम गर्नुपर्ने, न्यायमा पहुँच वृद्धि गर्नुपर्ने, कतार भिसा सेन्टरले श्रमिकसँग चर्को रकम असुलिरहेको भन्दै यो कार्य रोक्न सरकारले ध्यान दिनु पर्ने बताएका थिए । साथै मन्त्री श्रेष्ठले श्रमिकलाई ठग्ने गरी काम नगर्न वैदेशिक रोजगार व्यवसायीलाई आग्रहसमेत गरेका छन् । मन्त्री श्रेष्ठले व्यवसायीहरूसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको भन्दै पूर्वसर्तका रूपमा श्रमिक ठगिन नहुने बताएका हुन् । व्यवसायीहरूबीच देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण श्रमिक मारमा पर्ने अवस्था अन्त्य हुनुपर्ने मन्त्री श्रेष्ठले बताए । ‘तपाईहरू कसम खानुस्। श्रमिकको अहित गर्दिनँ भनेर म व्यवसायीको संरक्षण गर्न प्रतिवद्ध छु,’ मन्त्री श्रेष्ठले भने । मन्त्री श्रेष्ठले वैदेशिक रोजगार व्यवसायीहरूलाई एक आपसमा मर्ज भएर अगाडि बढ्नसमेत सुझाव दिएका छन् । कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू ठूलै सहभागी रहेको थियो । यसैगरी, कतिपय वैदेशिक रोजगार व्यवसायीले भिजिट भिसाको कारोबार गरिरहेकोतर्फ लक्षित गर्दै मन्त्री श्रेष्ठले भने, ‘तपाईहरूलाई सरकारले भिजिट भिसामा मान्छे पठाउन लाइसेन्स दिएको होइन, सरकारले यसका विरुद्ध कडा कारबाही गर्छ ।’
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०२:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP