Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दुई हजार मागपत्र प्रमाणीकरण
दुई हजार मागपत्र प्रमाणीकरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १०, २०७८
doha-embassy
Hardik health
काठमाडौं– कतारमा रहेको नेपाली दूतावासले पहिलो त्रौमासिकमा करिब २ हजार वटा मागपत्र प्रमाणीकरण गरेको छ । दूतावासले साउनदेखि असोज मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै १ हजार ९ सय ९५ वटा मागपत्र प्रमाणीकरण गरेको जनाएको हो । दूतावासले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा १ हजार ४ सय ७९ वटा समूहगत मागपत्र प्रमाणीकरण गरिएको छ । त्यस्तै व्यक्तिगत मागपत्र प्रमाणीकरणतर्फ ३ सय ७९ र घरेलु श्रमिकको पुनः श्रम स्विकृतिका लागि १ सय ३७ वटा सिफारिस गरिएको दूतावासले जनाएको छ । यो अवधिमा २८ हजार ५ सय २६ जनाले मागपत्र प्रमाणीकरणको सेवा लिएको दूतावासले जनाएको छ । त्यस्तै, यो अवधिमा १ सय १६ वटा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरिएको दूतावासले जारी गरेको तीन महिनामा सम्पादन गरेको कार्यको विवरण उल्लेख गरिएको छ । त्यसैगरी, १ सय ८१ वटा विवाह, जन्म दर्ता र नाता प्रमाणीकरणको काम गरिएको जनाइएको छ । त्यस्तै ७७ वटा अधिकृत वारेसनामा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै ७० वटा प्रहरी चारित्रिक प्रमाण पत्र तथा मन्जुरीनामा जारी गरिएको छ । दूतावासले जारी गरेको प्रगति विवरणमा तीन महिनाको अवधिमा एनओसी जारी गरी नेपाल पठाइएका शवको संख्या ४२ वटा रहेको देखिएको छ । २१ लाख बढी कतारी रियाल राजस्व तथा क्षतिपूर्ति प्राप्ति यसैबीच, तीन महिनाको अवधिमा दूतावासले राजस्व तथा क्षतिपूर्तिबापत २१ लाखभन्दा बढी कतारी रियाल रकम प्राप्ति भएको जनाएको छ । यो अवधिमा २१ लाख ६० हजार ४ सय १२ कतारी रियाल रकम प्राप्त भएको दूतावासले जारी गरेको कार्य विवरणमा जनाइएको छ । दूतावासले प्राप्त भएको रकममध्ये राहदानी शिर्षकबाट ६ लाख ३४ हजार २ सय ९७ कतारी रियाल राजस्व संकलन भएको देखिएको हो । भिसा शुल्कबाट ६ हजार २ सय ७० कतारी रियाल राजस्व संकलन भएको छ भने अन्य शिर्षकमा १५ लाख १९ हजार ८ सय ४५ कतारी रियाल प्राप्त भएको जनाइएको छ । यसैबीच, बिमा र अन्य शिर्षकमा १६ लाख ६९ हजार २ सय ३३.६४ कतारी रियाल क्षतिपूर्तिबापतको रकम कन्सुलर सेवा विभागमा पठाइएको पनि दूतावासले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०३:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP