
काठमाडौं– वैदेशिक रोजगारीका लागि एक महिनाको अवधिमा ५४ जनाभन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्यांकअनुसार नेपालबाट ५४ हजार ९ सय १८ जना वैदेशिक रोजगारीमा गएका हुन् । यो संख्या असोज महिनाकोभन्दा १५ हजार २ सय ४७ जनाले बढी हो ।
असोज महिनामा ३९ हजार ६ सय ७१ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिएको तथ्यांक छ । कोरोनापछिको समय लगातार रूपमा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । कात्तिक महिनामा विदेश गएका ५४ हजार ९ सय १८ जनामध्ये ३० हजार १८ जना नयाँ र २४ हजार ९ सय जनाले पुनः श्रम स्विकृति लिएको तथ्यांकमा देखिएको छ ।नेपालबाट कात्तिक महिनामा सबैभन्दा बढी कतार गएको तथ्यांकमा देखिएको छ । कात्तिक महिनामा १९ हजार ८१ जनाले कतार जनाका लागि श्रम स्विकृति लिएको देखिएको छ । जसमध्ये नयाँ ८ हजार ७ सय ९५ र पुनः श्रम स्विकृति लिनेको संख्या १० हजार २ सय ८६ जना रहेको रहेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
कतार पछि कात्तिक महिनामा रोजगारीका लागि साउदी अरब जानेको संख्या धेरै रहेको छ । यो अवधिमा साउदी जानका लागि १७ हजार ९ जनाले श्रम स्विकृति लिएका छन् । त्यसमध्ये नयाँ १२ हजार ३ सय २७ र पुनः श्रम स्वीृकति ४ हजार ६ सय ८२ जना रहेको तथ्यांकमा देखिएको छ । त्यस्तै कात्तिक महिनामा युएई जाने नपालीको संख्या १३ हजार ५ सय ५० जना रहेको विभागको तथ्यांकले देखाएको छ । जसमध्ये ५ हजार ९ सय ८८ जना नयाँ र १० हजार ९ सय ८७ जना रहेका छन् । कात्तिक महिनामा पनि रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा भने जम्मा ८२ जना गएका छन् । मलेसिया जाने सबै पुनः श्रम स्विकृति लिएर जाने रहेका छन् ।
त्यस्तै कुवेत जानका लागि ८ सय ५३ जनाले श्रम स्विकृति लिएको देखिएको छ । जसमध्ये १ सय ६७ जना नयाँ र ६ सय ८६ जना पुराना रहेको विभागले जनाएको छ । त्यस्तै कात्तिक महिनामा ओमानका लागि ६ सय ४६ जनाले श्रम स्विकृति लिएका छन् । जसमध्ये ३ सय २४ जना नयाँ र ३ सय २२ जना पुराना रहेको देखिएको छ । यसैबीच, कात्तिक महिनामा बहराइन जानका लागि १ हजार १ सय ५५ जनाले श्रम स्विकृति लिएको देखिएको छ । जसमध्ये ७ सय ८३ जना नयाँ ३ सय ७३ जना पुनः श्रम स्विकृति लिने रहेका छन् ।
त्यस्तै साइप्रस जानका लागि ४ सय ३५ जना र क्रोएसिया जानका लागि २ सय ३३ जनाले श्रम स्विकृति लिएका छन् । जसमध्ये साइप्रसका लागि ३ सय ४१ जना नयाँ र ९४ जना पुराना रहेका छन् भने क्रोएसिया २ सय १६ नयाँ र १७ जना पुराना व्यक्तिले रहेको बताइएको छ । रोमानिया जानका लागि ४ सय ८२ जनाले श्रम स्विकृति लिएको तथ्यांकमा उल्लेख गरिएको छ । कात्तिक महिनामा रोजगारीका लागि नेपालबाट ८४ देशका लागि श्रम स्विकृति लिएको देखिएको छ ।