Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘स्पेसल इपिएस टोपिक’ का लागि आवेदन खुला
‘स्पेसल इपिएस टोपिक’ का लागि आवेदन खुला
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १, २०७८
Hardik health
काठमाडौं– दक्षिण कोरियामा रोजगारी गरी फर्किएका र पुनः कोरिया जान चाहनेहरूका लागि सञ्चालन गरिने ‘स्पेसल इपिएस टोपिक’ कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा गएर कम्तीमा ३ वर्षभन्दा बढी काम गरेर फर्किएकाहरूका लागि सञ्चाल हुने कम्प्युटरमा आधारित कोरियन विशेष भाषा परीक्षा ‘स्पेसल इपिएस टोपिक’ मा सहभागी हुन इच्छुक व्यक्तिका लागि आवेदन खुल्ला गरिएको इपिएस कोरिया शाखाका निर्देशक सुरेश रावतले बताएका छन् । आवेदन फारम भर्ने म्याद ६ मंसिरदेखि ८ मंसिरसम्म रहेको र त्यसको परीक्षा १ पुसदेखि ७ पुससम्म सञ्चालन हुने निर्देशक रावतले बताए । पुसमा लिइएको परीक्षाको नतिजा भने जनवरी २०२२ मा प्रकाशन गरिने निर्देशक रावतले बताएका छन् । कोरियामा श्रम गरेर वैधानिक रूपमा नेपाल फर्किएकाहरूका लागि भाषा परीक्षा हुन लागेको निर्देशक रावतले बताए । ‘अहिले आवेदन माग गरिएको पुरानाहरूका लागि मात्रै हो, नयाँहरूका लागि होइन,’ निर्देशक रावतले भने । नयाँ श्रमिकका लागि भने अहिले कुनै निर्णय भइनसकेको उनले बताएका छन् । सन् २०२० मा हुन नसकेको यस्तो परीक्षा यो पटक पनि हुन नसक्दा कोटा नै गुम्ने खतारा रहेको भन्दै यो परीक्षा सम्पन्न भएपछि नयाँका लागि पनि बाटो खुला हुने रावतले विश्वास व्यक्त गरे । भाषा परीक्षाका लागि आवेदन माग गरिएको तर कोटा भने निर्धारण नगरिएको इपिएस कोरिया शाखाले जनाएको छ । आवेदकको आधारमा पछि कोटा निर्धारण भएर आउने निर्देशक रावतले बताएका छन् । कोरियामा पुनः जानका लागि लिइने परीक्षामा सहभागी हुनका लागि नेपाली नागरिक हुनु पर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिसा अवधिभित्रै स्वेच्छिक रूपले नेपाल फर्केको हुनु पर्ने योग्यता निर्धारण गरिएको छ । त्यस्तै १८ वर्ष उमर पूरा गरी ३९ वर्ष ननाघेको हुनु पर्ने अर्थात् सन् १९८१ नेभेम्बर २३ देखि २००३ को समयमा जन्मेको व्यक्ति, फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको र कोरियामा गई गैरकानुनी रूपमा बसोबास नगरेका व्यक्तिले आवेदन दिन सक्ने निर्देशक रावतले बताए । त्यस्तै, रंग अन्धोपन नभएका, नेपालबाट अन्य देशमा जानका लागि रोक नलगाइएका र कोरियामा ५ वर्षभन्दा बढी समय नबिताएकाहरूका लागि मात्रै आवेदन खुल्ला गरिएको रावतले बताएका छन् । यो परीक्षामा सहभागी हुन पाउने भनेर कोरियाले नाम लिस्टसमेत पठाएको र सोहीबमोजिम आवेदन फारम भर्न शाखाले अनुरोधसमेत गरेको छ । कोरियाले यो परीक्षामार्फत उत्पादन, कृषि र पशुपालन क्षेत्रमा श्रमिक लैजाने बताइएको छ । कोरियाले पछिल्लो समय प्रतिबद्ध श्रमिक लैजान सुरु गरेको छ । पहिलो चरणमा १० कात्तिकमा ४८ जना नेपाली कोरिया गएको निर्देशक रावतले बताएका छन् । बाँकी श्रमिक २४ नोभेम्बरमा जाने कार्यतालिका रहेको उनले बताए । डिसेम्बरबाट नयाँ पनि पठाइने प्रतिबद्ध श्रमिक पठाएसँगै अब नयाँ श्रमिक पनि पठाउने विषयमा तयारी भएको निर्देशक रावतले बताएका छन् । सन् २०१७, १८ र १९ मा भाषा परीक्षा पास गरेर कोरिया जाने लिस्टमा भएका ५ सय जना श्रमिकलाई डिसेम्बर महिनामा कोरिया जाने रावतले बताए । ‘लामो समयदेखि रोकिएको कोरिया खुला हुनु सकारात्मक कुरा हो, यसले श्रमिकमा समेत उत्साह थपिने छ,’ उनले भने । कोरियाले पहिले भाषा परीक्षा पास गरेकाहरूलाई पहिलो प्राथमिकतामा राखेर लैजाने विषयमा कुरा भएको बताइएको छ । ‘कोरिया सरकारले श्रमिक लैजाने होइन, रोजगारदाताले लिने भएकाले कहिलेकाहीँ अगाडिपछाडि हुन सक्छ तर अहिले कोरियाले पठाएको व्यक्तिहरूको लिस्ट क्रमबद्ध रूपमा नै आएको छ,’ उनले भने । यसैबीच, नयाँ कोरियन भाषाको परीक्षाको विषयमा भने अहिले कुनै निर्णय नभएको तर परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताएका छन् । मिति एकिन नभए पनि यो वर्ष परीक्षा गर्ने गरी पहल भइरहेको उनले बताए । सन् २०२० का लागि हुने भनिएको भाषा परीक्षा कोरोना महामारीका कारण स्थगित गरिएको थियो । सन् २०१७ देखिका करिब ५ हजारभन्दा बढी श्रमिक कोरिया जाने लिस्टमा रहेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०३:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP