Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियाले विदेशी कामदार लिन इन्कार
मलेसियाले विदेशी कामदार लिन इन्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २६, २०७८
malesiya-1
Hardik health
काठमाडौं– मलेसियाले विदेशी कामदार लिन इन्कार गरिरहेको छ । मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि नयाँ वर्षदेखि बोर्डर खुला गर्ने निर्णय गरे पनि उसले मलेसियाले विदेशी कामदार लिनेबारे भने निर्णय गर्न सकारात्मक संकेत देखाउन सकेको छैन । कोरोना संक्रमण रोकथामका लागि भन्दै लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यटकका लागि अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने लागेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कोरोना महामारी रोकथामका लागि लगाइएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउँदा पर्यटन क्षेत्रमा ठूलो असर परेको भन्दै मलेसियाले नयाँ वर्ष सुरुसँगै पर्यटकलाई पनि अनुमति दिने भएको समाचारमा जनाइएको छ । यस्तै, कोरोना संक्रमण दर घट्दै जाँदा खाडीका देशहरूले पनि कोरोना संक्रमण रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै लगेको समाचारमा जनाएको छ । महामारीपछि पर्यटकका लागि मलेसियाले आफ्नो बोर्डर खुला गर्ने निर्णय गरे पनि विदेशी कामदार लिनेबारे भने अहिलेसम्म मलेसियाले औपचारिक रूपमा कुनै निर्णय नगरेको त्यहाँ रहेको नेपाली दूताबासले जनाएको छ । पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापदण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको समाचारमा उल्लेख गरिएको छ । मलेसियामा अहिले दैनिक ६ हजारको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुने गरेको तथ्यांकले देखाएको छ । बुधबार मात्रै मलेसियामा ६ हजार २ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ । बुधबार ४ हजार १ सय ७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यसैबीच, युएईले पाँचवर्षे मल्टिपल इन्ट्री टुरिस्ट भिसा जारी गर्ने भएको छ । कोरोना महामारीपछि पर्यटकको संख्या बढाउन र युएईलाई विश्वको मुख्य पर्यटक गन्तव्यको रूपमा स्थापित गर्ने भन्दै भिसा प्रणाली सहज बनाउन लागेको समाचारमा जनाइएको छ । ५ वर्षको मल्टिपल टुरिस्ट भिसाअन्तर्गत पर्यटकहरू पटक–पटक युएई आउजाउ गर्न सक्नेछन् । यो व्यवस्थाबाट पर्यटकले पटक–पटक भिसा लगाउने झन्झट गर्न नपर्ने भएको छ । पर्यटक भिसामा एकपटक जाँदा ९० दिनसम्म बस्न पाइने छ भने थप ९० दिन आफ्नो बसाइँ लम्ब्याउन सकिने बताइएको छ । यो भिसा संसारका सबै देशका नागरिकले पाउने समाचारमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  ०३:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP