
काठमाडौं– बायोमेट्रिक दर्ता नगरि विदेश गएकाहरूले पुनः श्रम स्विकृतिका लागि नेपाल नै आउनु पर्ने भएको छ । बायोमेट्रिक दर्ता भनेको विदेश जाने बेलामा श्रम स्विकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइन सिस्टममा राखेको हुनु पर्ने भन्दै यसो गरेका श्रमिकहरूले अनलाइनबाट आफू रहेको देशबाटै पुनः श्रम स्विकृति लिन सकिने र अन्यले पुनः श्रम स्विकृति लिनका लागि नेपाल नै आउनु पर्ने भएको हो ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्विकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको गर्नु र वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगारीमा जानुअघि श्रम स्विकृति लिँदा बायोमेट्रिक नगरेकाहरूलाई श्रम नवीकरण गर्न नेपाल नै आउनु पर्ने व्यवस्था गरिएको छ ।
अनलाइनमार्फत श्रम स्वीकृति लिन होस् या भौतिक रूपमा नै उपस्थित भएर लिँदा होस् अनिवार्य रूपमा अनलाइनमार्फत टोकन अर्थात् समय लिएर मात्रै श्रम स्विकृति लिनु पर्ने बताइएको छ । यदि भौतिक रूपमा नै श्रम कार्यालयमा उपस्थित भएर पुनः श्रम स्विकृति लिने हो भने पहिला अनलाइनमार्फत टोकन लिएर मात्रै आउनु पर्ने विभागले जनाएको छ ।
यस्तो टोकन आफूलाई पायक पर्ने श्रम कार्यालयका लागि लिन सकिने पनि जनाइएको छ । टोकनमा तोकिएको मितिमा कार्यालयमा उपस्थित भई पुनः श्रम स्विकृति लिन सकिन्छ । अनलाइनमार्फत हो भने टोकनको समयदेखि ३ देखि ४ दिन लाग्ने विभागले जनाएको छ । बिदामा नेपाल आएकाहरूको हकमा भने टिकट काट्नुअघि आफ्नो श्रम अनिवार्य रूपमा जाँच गराएको हुनु पर्ने व्यवस्था गरिएको छ ।