Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा घट्दै कोभिड
मलेसियामा घट्दै कोभिड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २४, २०७८
hetr-1200x642-e1558089170311
Hardik health
काठमाडौं– पछिल्लो समय नेपालीको श्रम गन्तव्य मुलुक मलेसियामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर घट्दै गएको छ । अगस्टपछि मलेसियामा लगातार संक्रमितको संख्या घट्दै गएको तथ्यांकले देखाएको हो । २६ अगस्टसम्म दैनिक २४ हजारभन्दा बढी संक्रमित रहेको मलेसियामा अहिले यो संख्या ५ हजारभन्दा कम देखिएको छ । २६ अगस्टमा २४ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको मलेसियामा ८ नोभेम्बरमा आउँदा सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ४३ मा झरेको कोभिडको तथ्यांक जारी गर्ने वल्ड्रोमिटरले देखाएको छ । त्यस्तै मलेसियामा ११ सेप्टेम्बरमा ५ सय ९२ जनाको मृत्यु भएको थियो । यो संख्या मलेसियामा अहिलेसम्म मृत्यु हुने सबैभन्दा धेरै संख्या हो । अहिले दैनिक रूपमा १ सय भन्दा कम व्यक्तिको मृत्यु भएको तथ्यांकले देखाएको छ । ८ नोभेम्बर सोमबार त्यहाँ ५८ जनाको मृत्यु भएको देखिएको छ । हालसम्म मलेसियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ३ सय ४९ जना पुगेको छ । त्यहाँ २५ लाख १० हजार ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ लाख १९ हजार ७ सय ४३ जनाले कोभिड जितेका छन् । अहिले सक्रिय संक्रमित संख्या ६१ हजार ७ सय ६० जना रहेको तथ्यांकले देखाएको छ । मलेसियामा अहिले रोजगारीका लागि पुराना व्यक्तिहरू जाने पाउने भए पनि नयाँ श्रमिक जाने विषयमा कुनै निर्णय नभएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । अहिले नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकमध्ये कतारमा कोरोना संक्रमण र मृत्युदर सबैभन्दा कम रहेको देखाएको छ । कतारमा अहिलेसम्म ६ सय ११ जनाको मृत्यु भएको छ भने संक्रण पुष्टि हुनेको संख्या पनि त्यहाँ २ लाख ४० हजार २ सय ४७ रहेको छ । त्यसमध्ये २ लाख ३८ हजार १ सय ८३ जना निको भएका छन् भने अहिले संक्रिय संक्रमितिको संख्या १ हजार ४ सय ५३ जना रहेको तथ्यांकमा देखिएको छ । पछिल्लो समय रोजगारीका लागि धेरै नेपाली कतार जाने गरेको तथ्यांकले देखाएको छ । असोज महिनामा मात्रै नेपालबाट १३ हजार ६ सय २ जना व्यक्ति रोजगारीका लागि कतार पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । त्यस्तै अर्को मुख्य श्रम गन्तव्य मुलुक साउदी अरबमा पनि कोभिडको संक्रमण दर कम हुँदै गएको देखिएको छ । साउदीमा अहिले दैनिक १ सयभन्दा कम व्यक्तिमा दैनिक संक्रमण पुष्टि हुने गरेको देखिन्छ । साउदीमा पछिल्लो हप्तामा सबैभन्दा बढी ३ नोभेम्बरमा ४९ जनामा संक्रमण पुष्टि भएको देखिएको छ । साउदीमा १७ जुलाई २०२० का दिन ४ हजार ९ सय १९ जनामा संक्रमण पुष्टि हुनु अहिलेसम्मकै सबैभन्दा धेरै हो । साउदीमा जुलाई ५ सन् २०२० मा एकै दिन ५८ जनाको मृत्यु भएको थियो । यो संख्या अहिलेसम्म एकै दिन मृत्यु हुने सबैभन्दा धेरै हो । यो संख्या ८ नोभेम्बरका दिन १ मा झरेको छ । साउदीमा अहिले संक्रिय संक्रमितिको संख्या २ हजार २ सय ३५ जना रहेको छ । त्यहाँ कोरोना संक्रमण हुनेको संख्या ५ लाख ४८ हजार ९ यस ७३ रहेको छ भने निको हुनेको संख्या ५ लाख ३७ हजार ९ सय ३३ रहेको तथ्यांकमा देखिएको छ । कोभिडका कारण साउदीमा ८ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । कोभिडपछि नेपालबाट रोजगारीका लागि सबैभन्दा बढी श्रमिक साउदी गएको तथ्यांकले देखाएको छ । असोज महिनामा नेपालबाट १५ हजार ५ सय २६ जना रोजगारीका लागि गएको विभागको तथ्यांकले देखाएको छ । यी बाहेक युएई, बहराइन, कुवेतलगायत मुलुकमा पनि पछिल्लो समय कोभिडको संक्रमण घट्दै गएको तथ्यांकले देखाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  ०३:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP