Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेश जाने आधाभन्दा बढी अदक्ष
विदेश जाने आधाभन्दा बढी अदक्ष
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १६, २०७८
Krishna Kumar
काठमाडौं– नेपालबाट रोजगारीका लागि विदेशीने श्रमिकमध्ये आधाभन्दा धेरै अदक्ष श्रमिक रहेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको असोज महिनामा रोजगारीका लागि विदेश गएका ३९ हजार ६ सय ७१ जनामध्ये आधाभन्दा बढी अर्थात २२ हजार ५ सय ५० जना नेपाली अदक्ष रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको हो । यो संख्या विदेश गएकाहरूको ५६.८४ प्रतिशत हुन आउँछ । भदौ महिनामा विदेश जाने यस्तो संख्या ५४.६८ प्रतिशत रहेको थियो । अघिल्लो महिना नेपालबाट विदेश गएका ३६ हजार ४० जनामध्ये १९ हजार ७ सय ९ जना अदक्ष श्रमिक विदेशिएको विभागको तथ्यांकले देखाएको छ । यो प्रतिशत असोज महिनामा झन् बढेको देखिएको हो । त्यस्तै असोज महिनामा नेपालबाट उच्च दक्षता भएका जम्मा ११ जना श्रमिक विदेश गएको तथ्यांकले देखाएको छ । जुन जम्मा विदेश गएकाहरूको ०.०२ प्रतिशत हो । यो संख्या भदौ महिनामा जम्मा ८ जना रहेको थियो । त्यस्तै जाने श्रमिकमध्ये पेसाविद् (प्रोफेसनल) जम्मा २३ जना विदेश गएको देखिएको छ । यो असोज महिनामा विदेश गएका जम्मा नेपालीको ०.०५ प्रतिशत मात्रै हो । यो संख्या अघिल्लो महिना ०.०७ प्रतिशत अर्थँत २७ जना रहेको थियो । असोज महिनामा नेपालबाट ३ हजार ५१ जना अर्थदक्ष श्रमिक विदेश गएका छन् । जसले जम्मा संख्याको ७.६९ प्रतिशत हिस्सा ओगटेको छ । यस्तो संख्या भदौ महिनामा ७.४१ प्रतिशत रहेको थियो । त्यस्तै नेपालबाट दक्ष श्रमिक १४ हजार ३६ जना विदेश गएका छन् । यो जम्मा विदेश गएकाको ३५.३८ प्रतिशत हो । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७÷७८ मा १ लाख ६६ हजार ६ सय ९९ जना वैदेशिक रोजगारीमा गएकोमा उच्च दक्षता भएका जम्मा ६१ जना वैदेशिक रोजगारीमा गएका थिए । यो गत आर्थिक वर्षमा विदेश गएकामध्ये ०.०३ प्रतिशत हो । त्यस्तै पेशाविद् (प्रोफेसनल) श्रमिक जम्मा २ सय ४६ जना गएका थिए । यो ०.१४ प्रतिशत हो । गत वर्ष पनि सबैभन्दा बढी अदक्ष श्रमिक नेपालबाट विदेशिएको तथ्यांकले देखाएको छ । ८० हजार ३ सय ८२ जना अदक्ष श्रमिक विदेशिएको विभागको तथ्यांकले देखाएको छ । यो संख्या ४८.२१ प्रतिशत हो । नेपालबाट सीप सिकेका श्रमिक न्यून मात्रामा वैदेशिक रोजगारीका लागि गइरहेको भन्दै सरकारले दक्ष बनाएर पठाउने लक्ष्य लिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् । मन्त्री श्रेष्ठले भने ‘प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिइभिटी) सँग समन्वय गरी सीपमूलक तालिम सिकाएर दक्ष श्रमिक विदेश पठाउने विषयमा पहल भइरहेको छ ।’ संख्यात्मकभन्दा पनि गुणात्मक श्रमिक पठाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री श्रेष्ठले बताए । युएईसँग नेपालबाट अदक्ष श्रमिक मात्रै नभएर दक्ष श्रमिक पनि लैजान पहल गरिएको उनले बताएका छन् । सीप सिकेका श्रमिक पठाउँदा थोरै गए पनि रेमिट्यान्स बढी भित्रिने भएकाले त्यसतर्फ लाग्नु पर्ने मन्त्री श्रेष्ठले बताए । वैदेशिक रोजगारीको क्षेत्रलाई सम्मान गर्ने पेसाका रूपमा स्थापित गर्नका लागि आपूmले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । चालू आर्थिक वर्षको तीन महिनामा नेपालबाट १ लाख १ हजार १ सय ३९ जना नेपाली रोजगारीका लागि विदेश गएको विभागको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको धेरै समय लकडाउन भएकाले विदेशिनेको संख्यामा निकै कमी आएको सरोकारवालाले जनाएका छन् । चालू आर्थिक वर्षको सुरुदेखि नै महामारीको अवस्थामा कमी आएको र अहिलेसम्मको अवस्था हेर्दा वैदेशिक रोजगारीको क्षत्र सन्तोषजनक रहेको व्यवसायीहरूको भनाइ रहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ०२:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP