
काठमाडौं– नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् । मन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डल सोमबारबाट सुरु भएको छैठौँ श्रम मन्त्री स्तरीय ‘आबुधाबी डाइलग’ मा भाग लिन आइतबार त्यहाँ पुगेको हो ।
श्रमिक पठाउने र श्रमिक लिने देशहरूबीचको सहकार्य र संवाद हुने कार्यक्रम यो वर्ष युएईमा आयोजना हुन लागेको हो । यो छलफलमा विभिन्न १६ देशमा श्रममन्त्रीहरूसहित ४ देशका पर्यवेक्षकहरू सहभागी हुने बताइएको छ । यो बैठकमा नेपालले श्रमिकका हक–हितका विषयमा कुरा उठाउने श्रममन्त्री श्रेष्ठले बताएका छन् । उनले नेपाली र अन्य देशका श्रमिकबीचको पारिश्रमिकमा विभेद् रहेको भन्दै नेपाले यस विषयमा जोडदार आवाज उठाउने बताएका हुन् ।
आगामी १२ कात्तिकसम्म हुने कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठसहित श्रम सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल यूएई पुगेका हुन् । मन्त्री श्रेष्ठले आपूmले त्यहाँ रहेका नेपालीसँग पनि सम्भव भएसम्म छलफल गर्ने बताएका छन् ।