Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विधानसम्मत एनआरएनए चलाउन माग
विधानसम्मत एनआरएनए चलाउन माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ८, २०७८
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्हरूको विश्व भेलामा सहभागीहरूले एनआरएनए विधानसम्मत रूपमा चल्नु पर्ने बताएका छन् । ‘गैरआवासीय नेपाली संघमा एकताः आजको आवश्यकता’ भन्ने मुल नाराका साथ सुरु भएको भेलामा सहभागीहरूले संघमा समस्या देखिएको भन्दै विधानमा भएको व्यवस्थाअनुसार अघि बढ्न माग गरेका हुन् । भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले विधि विधानसम्मत रूपमा संस्थामा देखिएका समस्या समाधान गर्नु पर्ने बताएका छन् । विदेशमा बस्ने सबै नेपालीको साझा संस्थाले सबै नेपालीलाई जोडेर अगाडि बढ्नु पर्ने उनले बताए । यतिबेला सम्मेलन हुने गरेको तर योपटक नहुँदा अभावको महसुस गरिएको उनले सुनाए । त्यस्तै कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी केन्द्रका प्रवास समन्वय कमिटीका संयोजक ओम शर्माले राष्ट्रिय समन्वय परिषद्ले अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई सकारात्मक सुझाव दिनुपर्ने बताएका छन् । एनआरएनएको ज्ञान, सीप राष्ट्र विकासका लागि लगाउनु पर्ने उनले बताए । संघबाट नेपालका राजनीतिक दलले सिक्नु पर्ने भन्दै यस अहिले देखिएको समस्या समाधान छलफल गरेर टुंग्याउनु पर्ने बताए । त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका प्रवास इन्चार्ज श्रीप्रसाद साहले राजनीतिक प्रभाव देखिन नहुने बताएका छन् । संघको विधि र विधानमा रहेर समस्या समाधान गर्नु पर्ने भन्दै संघको सम्मेलन गर्नका लागि समस्या समाधान गरी अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे । सामाजिक संस्था भएकाले सामाजिक रूपमै अगाडि बढ्न सक्नु पर्ने उनको भनाइ थियो । त्यस्तै संघका संरक्षक देवचन हिराचनले अहिले देखिएको अवस्था आउन नहुने भन्दै यसलाई समाधान गर्नका लागि छलफल गरी टुंग्याउन पर्ने बताएका छन् । समस्या समाधान गर्न नसके संस्था जोखिममा पर्ने भन्दै यसतर्फ ध्यान दिनु पर्ने उनले बताए । जटिल अवस्था देखिँदा पनि समस्या छैन भन्ने कुरा सुनिनु दुःखद् भएको भन्दै अहिलेको समस्या समाधान गर्नेतर्फ सबै लाग्नु पर्ने उनले बताए । त्यस्तै नेपाली कांग्रेसको जनसम्पर्क समितिका प्रमुख गोविन्द भट्टराइले संस्थाको उद्देश्यअनुसार काम गर्न सक्नु पर्ने बताएका छन् । संस्था नेपालीहरूको दुःखको साथीका रूपमा काम गरिरहेको भन्दै यस भित्रका समस्या समाधान गर्नेतर्फ सबै लाग्नु पर्ने उनले बताए । छिटोभन्दा छिटो सम्मेलन गरी संस्थाको अस्तित्व जोगाउनु पर्ने उनको भनाइ थियो । यता संघका महिला संयोजक भुमादेवी लिम्बूले एनसिसी र आइसिसी मिलेर समस्या समाधान गरी उत्कृष्ट संस्था बनाउनु पर्ने बताएकी छन् । त्यस्तै संघका सचिव राजेन्द्रकुमार (आर.के.) शर्माले एनसिसी र आइसिसीबीच मुटु र रगतको सम्बन्ध रहेको भन्दै सबै मिलेर समस्या समाधान गर्नु पर्ने बताएका छन् । संघका सल्लाकार तथा अध्यक्षको उम्मेदवार कुल आचार्यले धेरैले पसिना बगाएर बनाएको संस्थालाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्न दिनु नहुने बताएका छन् । विश्व भेला सम्मेलन हुनु पर्ने समयमा समस्या समाधानका लागि एनसिसी भेला हुनु निकै दुःखद् कुरा भएको उनले बताए । अहिले देखिएका समस्याले संस्थालाई कमजोर बनाउने भन्दै यस्ता गतिविधि हुन नहुने उनले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०४:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP