
काठमाडौं– कतारस्थित नेपाली दूताबासले आवेदन दिएका व्यक्तिहरूको राहादानी तयार भएको भन्दै बुझिलिन आउन अनुरोध गरेको छ । दूताबासले एक सूचना जारी गरेर २० सेप्टेम्बरसम्म आवेदन दिएकाहरूको राहदानी तयार भएको बताएको हो ।
तयार भएका ८ सय ७२ वटा आवेदकको नामसहितको विवरण दूताबासको बेवसाइटमा राखिएको र त्यसमा नाम भएका व्यक्तिहरूले दूताबासमा आएर आफ्नो राहादानी लिन सक्ने बताइएको छ । राहादानी लिन आउँदा बेवसाइटमा नाम हेरेर राजस्व तिरेको सक्कल रसिद लिएर आएपछि प्राप्त गर्न सकिने दूताबासले जनाएको छ ।
त्यसका साथै पुरानो राहदानीसहित सम्बन्धित व्यक्ति नै उपस्थित हुनु पर्ने बताइएको छ । दूताबासका अनुसार राहदानी वितरणको कार्य दिउँसो ११ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने छ । यो कार्य सार्वजिनक बिदाका दिनबाहेक अन्य दिन नियमित रूपमा वितरण गरिने पनि दूताबासले जनाएको छ ।