Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य
कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १५, २०७८
Hardik health
काठमाडौं– वैदेशिक रोजगार गन्तव्य मुलुकमध्ये कतार र कुवेतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शून्यमा झरेको छ । कुवेतमा पछिल्लो सात महिनापछि बुधबार पहिलोपटक कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु नभएको हो भने कतारमा पनि पछिल्लो समय ८ जुलाईपछि एक जनाको मात्रै मृत्यु भएको तथ्यांकले देखाएको छ । कुवेतमा फेब्रुअरी महिनापछि बुधबार कुनै पनि व्यक्तिको कोरोनाका कारण मृत्यु नभएको वल्ड्रोमिटरले जनाएको छ । कुवेतमा २ अप्रिल २०२० पछि बुधबार संक्रमणदर पनि अहिलेसम्कै कम रहेको बताइएको छ । बुधबार कुवेतमा कुनै पनि व्यक्तिले ज्यान नगुमाएको र ३३ जनामा संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ । कुवेतमा हालसम्म कोरोनाका कारण २ हजार ४ सय ४८ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । त्यहाँ हालसम्म ४ लाख ११ हजार ६ सय ५ जना संक्रमित भएका छन् । त्यसमध्ये ४ लाख ८ हजार ४ सय ९९ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ६ सय ५८ जना रहेको देखिएको छ । त्यस्तै नेपालीको अर्को श्रम गन्तव्य मुलुक कतारमा भने पछिल्लो समय २६ सेप्टेम्बरमा एक जनाको मृत्यु भएको छ । यो ८ जुलाई पछि मृत्यु हुने पहिलो केस भएको बताइएको छ । कतारमा पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्या नियन्त्रणमा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा हालसम्म कोरोनाका कारण ६ सय ५ जनाको मृत्यु भएको छ । जुन खाडी मुलुकमा सबैभन्दा कम संख्या हो । त्यहाँ कोरोनाबाट हालसम्म २ लाख ३६ हजार ५ सय ५८ जना संक्रमित भएका छन् भने निको हुनेको संख्या २ लाख ३४ हजार ६ सय ७१ रहेको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८२ जना रहेको छ । यसैबीच, कतारमा ३ अक्टोबरदेखि मास्क अनिवार्यको व्यवस्था हटाउने निर्णय गरिएको छ । बुधबार बसेको कतारको मन्त्रिपरिषद्को बैठकले ३ अक्टोबरदेखि बाहिरी काममा मास्क अनिवार्यको व्यवस्था हटाउने निर्णय गरेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । तर, सार्वजनिक कार्यक्रम, बजार र प्रदर्शनीहरूमा भने मास्क अनिवार्य नै लगाउनु पर्ने बताइएको छ । यसका साथै बजार र मलहरू पनि पूर्ण रूपमा सञ्चालन हुन पाउने व्यवस्था गरिएको समाचारमा जनाइएको छ । त्यस्तै संग्रहालय र सार्वजनिक पुस्तकालय पनि पूर्णरूपमा सञ्चालन गर्न पाइने बताइएको छ । सरकारी र निजी क्षेत्रका कार्यालयलाई पनि पूर्णरूपमा सञ्चालनका लागि अनुमति दिइएको छ । त्यस्तै मस्जिद, विद्यालय, अस्पताललगायत स्थानमा जाँदा भने मास्क अझै पनि अनिवार्य नै गरेको छ । भित्री रेस्टुरेन्ट र क्याफेहरू ७५ प्रतिशत क्षमतामा खुल्न पाइने तर बन्द ढोकाभित्र हुने कार्यक्रममा भने मास्क अनिवार्य लगाउनु पर्ने निर्णय भएको समाचारमा जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०२:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP