Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीमा श्रमिकको संख्या घट्दै
साउदीमा श्रमिकको संख्या घट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १४, २०७८
image1170x530cropped
Hardik health
काठमाडौं– पछिल्लो समय साउदी अरबमा विदेशी श्रमिकको संख्यामा ८ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । सन् २०२० को जुन देखि २०२१ को जुन महिनाको एक वर्षको अवधिमा साउदीमा ५ लाख ७१ हजार ३ सय ३३ विदेशी श्रमिकको संख्यामा कमी आएको र यो ८.५१ प्रतिशत रहेको साउदी सरकारी निकाय गोसीले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । साउदीमा यसअघि ६७ लाख ६ हजार आप्रवासी श्रमिक रहेकामा यो संख्या सन् २०२१ को जुन महिनासम्म घटेर ६१ लख ३५ हजारमा झरेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । साउदी अरबले पछिल्ला केही वर्षयता विदेशी श्रमिकमाथिको निर्भरता हटाउने नीति लिएका कारण आप्रवासी श्रमिकको संख्यामा कमी आएको समाचारमा जनाइएको छ । कतिपय क्षेत्रको काममा विदेशीलाई लगाउन नपाइने व्यवस्था गरिएको तथा केही क्षेत्रको कामा सिमित संख्यामा मात्र विदेशी श्रमिक राख्न पाइने व्यवस्थाका कारणले पनि विदेशी श्रमिकमा कमी आएको अनुमान गरिएको बताइएको छ । केही मलहरूमा सिमित कामका लागि बाहेक विदेशी नागरिकलाई रोजगारीमा राख्न नपाउने अभ्यास पछिल्लो समय साउदीमा कार्यान्वयनमा आएको छ । त्यस्तै त्यहाँका केही सपिङ सेन्टरहरूमा समेत यो व्यवस्था एक महिना अगाडिदेखि लागू भएको समाचारमा जनाइएको छ । पछिल्ला केही वर्षयता साउदी सरकारले साउदीकरण अभियान अगाडि बढाइरहेको र सोहीअनुसार विदेशी श्रमिकमाथिको निर्भरता हटाउँदै लगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसले मुलुकमा उपलब्ध रोजगारीमा साउदी नागरिकहरूलाई नै आवद्ध गर्ने लक्ष्य राखिएको बताइएको छ । गत अप्रिलमा सामाजिक विकास मन्त्रालयले गरेको निर्णय कार्यान्वयनका क्रममा मलहरूमा सिमित कामबाहेक अन्य काममा सतप्रतिशत साउदी नागरिकलाई नै रोजगारीमा राख्नु पर्ने नियम ल्याइएको र यो व्यवस्था कार्यान्वयनमा आएको जनाइएको छ । यसले साउदी नागरिकहरूका लागि थप ५१ हजार रोजगारी उपलव्ध गराउने विश्वास लिइएको समाचारमा जनाइएको छ । क्याफे तथा रेस्टुराँहरूमा भने ५० प्रतिशत विदेशी नागरिकलाई रोजगारीमा राख्न पाइने व्यवस्था छ । यसैगरी हाइपर मार्केट तथा सुपरमार्केटहरूमा पनि यस्तै व्यवस्था रहेको समाचारमा उल्लेख गरिएको छ । सफाइ कार्य, सामान ओसारपसार गर्ने, मर्मत कार्य तथा हजामको काममा भने विदेशी श्रमिकले काम गर्न पाउने व्यवस्था रहेको बताइएको छ । ती काममा विदेशी श्रमिक राख्न रोजगारदाताहरू स्वतन्त्र छन् । साउदी अरबको नयाँ नियमअनुसार सपिङ मलहरूमा कार्यरत कुल श्रमिकमध्ये २० प्रतिशतभन्दा बढी विदेशी हुन नपाइने व्यवस्था रहेको बताइएको छ । उनीहरूका लागि छुट्टै पहिरनको समेत व्यवस्था हुनु पर्ने नियम लागू गरिएको बताइएको छ । चार महिनाअगाडि नै त्यहाँको मन्त्रीस्तरिय निर्णय अनुसार यो नियम लागू गरिएको र अगस्टदेखि कार्यान्वयनमा समेत आएको बताइएको छ । यो नियम कार्यान्वयनमा आएपछिको समयमा पनि कुनै रोजगारदाताले सो निर्णय कार्यान्वयन नगरेमा आर्थिक जरिमाना तथा सजायसमेत हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ०३:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP