Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भदौमा धनुषाबाट तीन हजार विदेशतिर
भदौमा धनुषाबाट तीन हजार विदेशतिर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १२, २०७८
Hardik health
काठमाडौं– भदौ महिनामा नेपालको सबैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार २ सय ७१ जना र सबैभन्दा कम मनाङबाट जम्मा २ जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको दोस्रो महिनामा भदौमा नेपालबाट विदेश गएका ३६ हजार ४० जनामध्ये धनुषाका ३ हजार २ सय ७१ जना र मनाङबाट २ जना मात्रै विदेशिएका हुन् । विदेशिने युवाको आँकडाको पहिलो नम्बरमा धनुषा रहँदा दोस्रो नम्बरमा सिराह रहेको छ । सिराहबाट भदौ महिनामा २ हजार २ सय ८२ जना विदेशिएका छन् । जसमध्ये १ हजार ६ सय ६५ जना नयाँ र अन्य पुनः श्रमस्वीकृति लिएर जाने रहेको विभागको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी विदेशिएको धनुषाबाट नयाँ २ हजार ५ सय १७ जना रहेका छन् । भदौ महिनामा धेरै विदेशी जानेको तेस्रो नम्बरमा महोत्तरी रहेको छ । यहाँबाट पनि एक महिनाको अवधिमा २ हजारभन्दा बढी विदेशिएका छन् । एक महिनाको अवधिमा १ हजार ५ सय ८४ जना नयाँसहित २ हजार १ सय १६ जना महोत्तरीबाट विदेश गएका हुन् । त्यस्तै सर्लाहीबाट पनि भदौ महिनामा १ हजार ३ सय ३४ जना विदेश गएको तथ्यांकले देखाएको छ । जसमा १ हजार ५० जना नयाँ श्रम स्वीकृति लिएर र बाँकी पुनः श्रम स्वीकृति लिएर जाने रहेको देखिएको छ । त्यस्तै झापाबाट पनि यो एक महिनाको अवधिमा १ हजार ३ सय २२ जना विदेश गाएका छन् । त्यसमध्ये नयाँ ७ सय ५१ जना रहेको देखिएको छ । यता सुनसरीबाट पनि एक महिनाको अवधिमा एक हजारभन्दा बढी युवा विदेशिएका छन् । यहाँबाट एक महिनाको अवधिमा १ हजार २ सय ७३ जना विदेश गएको विभागको तथ्यांकले देखाएको छ । विदेश गएकामध्ये आधाभन्दा बढी नयाँ रहेका छन् । सुनसरीबाट विदेश जानका लागि नयाँ ७ सय ६४ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । त्यस्तै एक महिनाको अवधिमा नयाँ र पुराना गरी मोरङबाट १ हजार २ सय ३४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा नयाँ ७ सय ५३ र बाँकी पुनः श्रम स्वीकृति लिने रहेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । भदौ महिनामा सप्तरीबाट पनि एक हजारभन्दा बढी व्यक्ति विदेश जानका लागि श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको छ । सप्तरीबाट १ जहार २ सय २५ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । जसमा ८ सय ७९ जना नयाँ रहेका छन् । यसैगरी, भदौ महिनामा मनाङबाट सबैभन्दा कम २ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा एक जना पुनः र एक जना नयाँ श्रम स्वीकृति लिने रहेको देखिएको छ । त्यस्तै मुगु र डोल्पाबाट ५–५ जना विदेशिएका छन् । यता हुम्लाबाट ६ जना, मुस्ताङबाट १० जना र बझाँङबाट १३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै बाजुरा र कालीकोटबाट १५–१५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । भदौ महिनामा नेपालबाट ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । जसमा नयाँ २४ हजार ६ सय ९२ र पुनः श्रम स्वीकृति लिने ११ हजार ३ सय ४८ जना रहेको तथ्यांकले देखाएको छ । आधा श्रमिक अदक्ष भदौ महिनामा विदेश गएका नेपालीमध्ये आधाभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । विभागको तथ्यांकअनुसार भदौ महिनामा विदेश गएकामध्ये ५४.६८ प्रतिशत अदक्ष श्रमिक रहका छन् । ३६ हजार ४० जना मध्ये १९ हजार ७ सय ९ जना अदक्ष श्रमिक रहेको देखिएको छ । गत आर्थिक वर्ष ०७७÷७८ मा विदेश गएकामध्ये ४८.२२ प्रतिशत अदक्ष श्रमिक रहेका थिए । भदौ महिनामा केही न केही न केही सीप भएर विदेश जानेको संख्या १३ हजार ६ सय २५ जना रहेको छ । जुन ३७.८० प्रतिशत हुन आउँछ । यो प्रतिशत गत आर्थिक वर्षमा ४२.२४ प्रतिशत रहेको थियो । त्यस्तै अर्धसीप भएर विदेशिनेको संख्या २ हजार ७ सय ७१ जना रहेको छ । जुन ७.४१ प्रतिशत हो । यस्तो संख्या गत आर्थिक वर्षमा ९.३४ प्रतिशत रहेको थियो । त्यस्तै नेपालबाट भदौ महिनामा विदेश गएकामध्ये व्यवसायिक श्रमिकको संख्या ०.०७ प्रतिशत मात्रै रहेको छ । यस्तो सीप भएका जम्मा २७ जना नेपाली विदेश गएका छन् । यो संख्या गत आर्थिक वर्षमा ०.१४ प्रतिशत रहेको थियो । नेपालबाट विदेश जानेमध्ये उच्च सीप भएका श्रमिकको संख्या न्यून रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । भदौ महिनामा ०.०२ प्रतिशत अर्थात ८ जना उच्च दक्षता भएका नेपाली विदेशमा रोजगारीका लागि गएका छन् । यस्तो संख्या गत आर्थिक वर्षमा ०.०३६ प्रतिशत रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  ०३:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP