Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरोना संक्रमणदर घट्दै
कोरोना संक्रमणदर घट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ७, २०७८
Hardik health
काठमाडौं– नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मुलुकमध्ये एक मलेसियामा पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर केही मात्रामा घटेको छ । मे महिनादेखि बढ्न सुरु भएर २६ अगस्टमा २४ हजारभन्दा माथि पुगेको संक्रमणदर अहिले १५ हजारभन्दा केही बढी र ११ सेप्टेम्बरमा ५ सय ९२ जनाको मृत्यु भएको मलेसियामा पछिल्लो समय दैनिक ३ सय भन्दा केही बढीको मृत्यु भइरहेको कोरोनाको तथ्यांक सार्वजनिक गर्ने निकाय वल्ड्रोमटिरको तथ्यांकले देखाएको हो । तथ्यांकअनुसार मलेसियमा पछिल्लो एक हप्ता १५ सेप्टेम्बरदेखि २१ सेप्टेम्बरसम्म कोरोना संक्रमिति हुनेको संख्या १ लाख १६ हजार ४ सय ९६ जना रहेको छ भने सोही अवधिमा मृत्यु हुनेको संख्या २ हजार ५ सय ११ जना रहेको छ । मलेसियमा १५ सेप्टेम्बरमा ४ सय ४२ जनाको मृत्यु भएको थियो भने २१ सेप्टेमरका दिन ३ सय ३४ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्यांकमा उल्लेख छ । १५ सेप्टेम्बरमा १९ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको मलेसियामा २१ सेप्टेम्बरमा १५ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको देखिएको छ । एक हप्ताको अवधिमा सबै भन्दा कम ३ सय १ जनाको मृत्यु र १४ हजार ३ सय ४५ जनामा संक्रमण पुष्टि २० सेप्टेम्बरका दिन भएको देखिएको छ । मलेसियमा सबैभन्दा बढी २६ अगस्टका दिन २४ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्म कै सबैभन्दा धेरै भएको बताइएको छ । त्यस्तै ११ सेप्टेम्बरमा ५ सय ९२ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । यो पनि मलेसियमा कोरोना संक्रमणदेखि यताको सबैभन्दा बढी भएको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । मलेसियामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २१ लख २७ हजार ९ सय ४३ जना पुगेको छ । यसमध्ये २४ हजार ७८ जनाको मृत्यु भएको छ । संक्रम पुष्टि भएका मध्ये १८ लाख ९७ हजार ३ सय ८३ जना संक्रमण मुक्त भएका छन् । अहिले मलेसियमा २ लाख ६ हजार ४ सय ७३ जना सक्रिय संक्रमित रहेको बताइएको छ । यता अर्को रोजगारदाता मुलुक साउदी अरबमा पनि पछिल्लो समय कोरोनाको संक्रमणदर तथा मृत्युदरमा कमी आएको देखिएको छ । पछिल्लो एक हप्ताको अवधिमा मलेसियमा कोरोनाका कारण ३९ जनाले ज्यान गुमाएको तथ्यांकले देखाएको छ । त्यस्तै सोही अवधिमा ५ सय १८ जनामा संक्रमण पुष्टि भएको देखिएको छ । जब कि सन् २०२१ को १ जुलाइका दिन त्यहाँ १ हजार ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा देखाइएको छ । साउदीमा १७ जुन २०२० मा एक दिन सबैभन्दा बढी ४ हजार ९ सय १९ जनामा संक्रमण पुष्टि भएको थियो । सन् २०२१ को जुन १३ का दिन मृत्यु हुनेको संख्या १९ जना रहेको थियो । जुन यो वर्षको अहिले सम्मकै उच्च रहेको बताइएको छ । त्यस्तै साउदीमा ५ जुलाई २०२० मा ५८ जनाको मृत्यु भएको थियो जुन एकै दिन मृत्यु हुने अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताइएको छ । साउदीमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख ४६ हजार ६ सय ८१ जना पुगेको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । त्यसमध्ये ८ हजार ६ सय ७२ जनाको मृत्यु भएको छ भने ५ लाख ३५ हजार ६ सय ५० जनाले निको भएको देखिएको छ । साउदीमा हाल २ हजार ३ सय ५९ जना संक्रिय संक्रमित रहेको तथ्यांकमा देखाइएको छ । यता कतारमा पनि कोरोनाको संक्रमण दर दैनिक रूपमा घट्दै गएको देखिएको छ । त्यहाँ १३ अप्रिलमा ९ सय ८१ जनामा संक्रणम देखिएको तथ्यांकले देखाएको छ । २१ सेप्टेम्बरमा १ सय ४३ जनामा संक्रमण पुष्टि भएको देखिएको छ । कतारमा अहिले सम्म एकै दिन सबै भन्दा धेरै १० जनाको मृत्यु भएको छ । १५ अप्रिल र २५ अप्रिलका दिन कोरोनाका कारण त्यहाँ १० जनाको मृत्यु भएको थियो । जुन एकै दिन मृत्यु हुने अहिलेसम्मकै धेरै हो । पछिल्लो समय ६ सेप्टेम्बरमा एक जनाको मृत्यु भएको र त्यस पछि कोरोनाका कारण कतारमा कुनै पनि व्यक्तिको मृत्यु नभएको तथ्यांकमा देखिएको छ । हालसम्म कतारमा कोरोनाका कारण ६ सय ४ जनाको मृत्यु भएको छ । २ लाख ३५ हजार ७ सय ६९ जनामा संक्रमण देखिएको र २ लाख ३३ हजार ६ सय जना निको भएको बताइएको छ । अहिले १ हजार ५ सय ६५ जना संक्रिय संक्रमति रहेको तथ्यांकले देखाएको छ । यसबाहेक युएई, ओमान, बहराइन, कुवेतमा पनि मृत्यु हुने र संक्रमण पुष्टि हुनेदर घट्दै गएको तथ्यांकमा देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०३:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP