Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विधानविपरीत चुुनाव भएको आरोप
विधानविपरीत चुुनाव भएको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ४, २०७८
Association
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव विधानविपरीत भएको आरोप लागेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघको आइसिसीका मानार्थ सदस्य नवराज ओली (शनि), एनसिसी अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र संघको आइसिसी पूर्वसचिव जानकी गुरुङले चुनाव विधानसम्मत् नभएको आरोप लगाएका हुन् । तीन जनाले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा एनआरएनएका विभिन्न देशमा भएको चुनाव धाँधलीपूर्ण र संघको विधानविपरीत भएकाले आफूहरू परराष्ट्र मन्त्रालयमा निवेदन दिन जानु पर्ने बाध्यता आएको बताएका छन् । अहिलेको प्रक्रियाले संघको तथा यसमा आवद्ध भएकाहरूको भविष्य संकटमा परेको उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । विधान मिचिएर चुनाव गरिएका देशहरूबाट निवेदन आएको भए पनि नेतृत्वले पेलेर जाने नीति अवलम्बन गरेको उनीहरूको आरोप रहेको छ । मन्त्रालयमा निवेदन दिएपछि अहिले अधिवेशन स्थगित गर्न भनेको एनसिसी अमेरिकाका सल्लाकार खरेलले बताएका छन् । आपूmहरूले नेतृत्वलाई विधानविपरीतका कार्य तत्काल रोक्नका लागि आग्रह गरेको र यस विषयमा कुनै सुनुवाइ नभएको उनले बताएका छन् । संघलाई मर्यादित बनाउनका लागि विधानविपरीतका कार्य रोकेर अगाडि बढ्न उनले आग्रह गरे । नेतृत्व कब्जा गर्ने गरी कार्य भएको उनले बताए । मन्त्रालय जानुभन्दा पहिले किन जानकारी नगराएको भन्ने पत्रकारहरूको प्रश्नमा छलफलबाटै समस्या समाधानका लागि कुरेको तर, त्यसो नभएपछि वास्तविकता जानकारी गराउनु पर्ने बाध्यता आइपरेको मानर्थ सदस्य ओलीले बताएका छन् । अहिले मन्त्रालयले मिति सार्न तथा सम्मेलन रोक्न नभनेको भन्दै समस्या समाधान गरेर अगाडि बढ्न भनेको उनले बताए । आपूmहरू एनआरएनएको हक, अधिकार र न्यायका लागि लड्दै आएको उनले बताए । उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘गैरआवासीय नेपाली संघ आइसिसीका महासचिव हेमराज शर्मा तथा सचिव गौरीराज जोशीले सञ्चालन गरेको सचिवालयले संघको विधानलाई आपूmखुसी व्याख्या गर्ने, आफ्ना अनुकूल नरहेका एनआरएनएलाई बिनाकारण दुःख दिने, विभिन्न देशबाट छानिएर आउने प्रतिनिधिमा दोहोरो तेहोरो मापदण्ड अपनाउने काम गरेकाले संघको भविष्य र विश्वभरि छरिएका नेपालीहरूको हक, हित र अधिकारको संरक्षणका लागि हामी बाध्य भएर उजुरीको तहसम्म पुग्नु परेको व्यहोरा जानकारी गराउन चाहन्छौँ ।’ विज्ञप्तिमा संघका महासचिव शर्माले १५ अगस्टभित्र ६५ प्रतिशत प्रतिनिधि चयन गरी पठाउने पत्र लेखेको र सो बमोजिम अधिकांश पूर्वएनसिसीहरूले विधानविपरीत एकलौटी रूपमा प्रतिनिधिको नाम पठाएको आरोप लगाइएको छ । अधिवेशनका लागि तोकिएको मितिभन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मितिभन्दा पछि प्रतिनिधि चयन गरिएको, उम्मेदवार भएका व्यक्तिहरू नै निर्वाचन प्रक्रियामा सहभागी भएकाले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको विज्ञप्तिमा जनाइएको छ । साथै संघको वेबसाइटमा समेत प्रतिनिधिको नामावली प्रकाशन नगरिएको उनीहरूले बताएका छन् । संघको विधानको धारा १३ क अनुसार राष्ट्रिय महाधिवेशनबाट २५ प्रतिशत प्रतिनिधि निर्वाचित हुने, धारा १३ ख अनुसार राष्ट्रिय समन्वय परिषद्को सिफारिसमा महिला, युवासहित संघको अभियानमा उल्लेख्य योगदान गरेकामध्येबाट १० प्रतिशत, धारा १३ ग अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषदका वर्तमान र विगतमा काम गरिसकेका व्यक्तिहरूबाट ६५ प्रतिशत र १५ जना प्रतिनिधि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको सिफारिसमा संघका अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । संघको ६५ प्रतिशत र १० प्रतिशत सिफारिस सम्बन्धित देशको वहालवाला राष्ट्रिय समन्वय परिषद्ले गर्ने व्यवस्था भए पनि अहिले त्यस्ता प्रतिनिधि छनोट गर्ने जिम्मा निर्वतमान राष्ट्रिय समन्वय परिषद्लाई दिइएको भन्दै तीन जानले विरोध जनाएका छन् । आइसिसीका पूर्वसचिव जानकी गुरुङले सबै देशमा समान रूपले निर्वाचन हुनु पर्ने बताएकी छन् । कुनै देशमा एक मापदण्ड र कुनै देशमा अर्को मापदण्ड अपनाइएको भन्दै यस्तो गर्नु गलत भएको उनले बताइन् । वर्तमान कार्यसमितिलाई प्रतिनिधि पठाउने जिम्मेवारी दिनु पर्ने र नेतृत्वले अभिभाबको भूमिका खेल्नु पर्ने उनले बताएकी छन् । धेरै देशमा अनियमितता भएको भन्दै यसको छानबिन गर्नु पर्ने उनको धारणा थियो । जापानमा विद्यार्थी प्रतिनिधि हुन नपाउने व्यवस्था भए पनि २ हजार २ सय ४० जना विद्यार्थीलाई प्रतिनिधि बनाइएको उनको आरोप छ । चुनावमा प्रभाव पार्ने गरी काम भएकाले आफूहरूले त्यसको विरोध गर्नु परेको उनले सुनाइन् । निर्णय सच्याएर नयाँ सिराबाट अगाडि बढ्नु पर्ने उनले जोडदार माग गरिन् ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०१:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP