Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतार प्रहरीको मागपत्र रद्द : सरोकारवाला पन्छिँदै
कतार प्रहरीको मागपत्र रद्द : सरोकारवाला पन्छिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १, २०७८
Hardik health
काठमाडौं– कतार प्रहरीका लागि नेपालमा आएको मागपत्र रद्द भएको छ । कतारमा रहेको नेपाली दूताबासका अनुसार नेपाल सरकारले समयमा नै निर्णय लिन नसकेका कारण कतारको प्रहरीका लागि आएको मागपत्र रद्द भएको हो । दूताबासले सूचना जारी गरेर नेपालबाट लैजाने भनिएको कोटा अन्यत्र देशबाट पूर्ति गरिएकाले मागपत्र रद्द गरिएको जनाएको छ । मागपत्र रद्द भएसँगै कतार प्रहरीका लागि छनोट भएका दुई सय जना कतार जानबाट वञ्चित भएको बताइएको छ । कतारले सन् २०२१ का लागि प्रहरीमा लैजान अघिल्लै वर्ष माग प्रमाणीकरण गरी पठाएको जनाइएको छ । कतारको मागपत्र रद्द भएको विषयमा वैदेशिक रोजगार विभागले प्रतिक्रिया जनाउन मानेको छैन । विभागका सूचना अधिकारी कमल ज्ञावलीले यस विषयमा ताहाचलमा बुझ्न आग्रह गरेका छन् । ताहाचलको कतार हेर्ने अधिकारीले यस विषयमा आफूहरूलाई जानकारी नहुने भन्दै आधिकारिक रूपमा दूताबासको पत्रसमेत विभागमा आउने भएकाले यस विषयमा जानकारी नहुने बताए । मागपत्र प्रमाणीकरणको कार्य दूताबासले गरेको र दूताबासले नै रद्द भएको जानकारी दिएकाले के कारणले रद्द भयो भन्ने विषयमा एकिन गर्न नसकिने श्रम कार्यालय ताहाचल स्रोतले जनाएको छ । कतारले त्यहाँको प्रहरीमा रोजगारीका लागि गत मंसिरबाटै नेपालीलाई लैजान खोजेको बताइएको छ । तर, म्यानपावर कम्पनी वा सरकारी संयन्त्र कुन माध्यामबाट भर्ना गर्ने भन्ने विषयमा विवाद भएपछि यो प्रक्रिया रोकिएको थियो । त्यसबेला मागपत्र प्रमाणीकरणको काम नभएकै अवस्थामा म्यानपावर कम्पनीले अन्तर्वार्ता लिएको भन्दै विभागले छापासमेत मारेको थियो । कतारको आन्तरिक मन्त्रालयले अल तौकेत ओभरसिजमार्फत दुई सय नेपालीलाई भर्ना गर्ने भन्दै मंसिर अन्तिम साता नेपाली दूताबासमा प्रमाणीकरणका लागि मागपत्र पेस गरेको, ती मागपत्र दूताबासले प्रमाणीकरण गर्ने कि नगर्ने भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र पठाएको र मन्त्रालयले कुनै चासो नदिएका कारण माग गुमेको व्यावसायीहरूले बताएका छन् । माग पत्र गुम्नुमा व्यवसायी र गैरव्यवसायीहरूको खिचातानीका कारण मागपत्र गुम्न पुगेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले बताएका छन् । यो माग गुम्नु भनेको वैदेशिक रोजगारीका लागि राम्रो अवसर गुमेको उनले बताए । कोरोनाका कारण थलिएको यो क्षेत्रमा यो घटनाले नैराश्यता बढाएको व्यवसायीहरूले बताएका छन् । पछिल्लोपटक श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयको समेत जिम्मेवारी सम्मालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मागपत्र प्रमाणीकरण गर्न ८ भदौमा नेपाली दूताबासलाई निर्देशनसमेत दिएको बताइएको छ । कतार सरकारले निःशुल्क भनेको, नेपालमा लाखौँ रकम लिएको र यो कतारको सर्तविपरीत भएकाले पनि माग गुम्न पुगेको कतिपयको मत छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  ०३:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP