Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरोना प्रभाव : निको हुने दर कुवेतमा धेरै
कोरोना प्रभाव : निको हुने दर कुवेतमा धेरै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ३१, २०७८
1592558083-UubAI
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीको गन्तव्य मुलुकहरूमध्ये पछिल्लो समय कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या कुवेतमा सबैभन्दा धेरै र मलेसियामा सबैभन्दा कम रहेको देखाएको छ । विश्वभरको कोरोनाको तथ्यांक सार्वजनिक गर्ने निकाय वल्ड्रोमिटरको तथ्यांकअनुसार कुवेतमा कोरोना संक्रमणमुक्त हुने ९९.१४ प्रतिशत रहेको र मलेसियामा ८७.७२ प्रतिशत रहेको तथ्यांकले देखाएको हो । नेपालीको श्रम गन्तव्य मुलुकमध्येको कुवेतमा संक्रिय संक्रमितको संख्यासमेत सबैभन्दा कम रहेको तथ्यांकले देखाएको छ । जहाँ संक्रिय संक्रमितको संख्या १ हजार ७१ जना रहेको छ । ४ लाख १० हजार ९ सय १ जनामा संक्रम पुष्टि भएको कुवेतमा ४ लाख ७ हजार ३ सय ९६ जना निको भएको तथ्यांकले देखाएको छ । कुवेतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ३४ जना रहेको बताइएको छ । त्यस्तै संक्रिय संक्रमितको संख्या धेरै हुने मुलुकमा मलेसियामा नै अगाडि रहेको देखिएको छ । हालसम्म मलेसियामा २० लाख ११ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १७ लाख ६४ हजार ५ सय ७६ जना निको भएका छन् भने २ लाख २५ हजार २ सय ७७ जना संक्रिय संक्रमित रहेको बताइएको छ । मलेसियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ हजार ५ सय ८७ जना रहेको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । अहिले पनि मलेसियामा कोरोनाका कारण नेपाली श्रमिक जान रोक लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । यो विषय मलेसियाले नै बन्द गरेकाले खुल्ने विषयमा अहिले नै एकिन भन्न नसकिने विभागले जनाएको छ । त्यस्तै नेपालीहरूको अर्को मुख्य श्रम गन्तव्य मुलुक साउदी अरबमा भने कोरोना संक्रमण मुक्त हुनेको संख्या ९७.९९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । त्यहाँ संक्रमण पुष्टि भएका ५ लाख ४६ हजार १ सय ६३ जना मध्ये ५ लाख ३५ हजार १ सय ९० जना निको भएको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । साउदीमा अहिले दैनिक मृत्यु हुनेको संख्या ५–६ जना रहेको तथ्यांकमा देखिएको छ । साउदीमा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ४० जना रहेको बताइएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ३३ जना रहेको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । साउदीमा अहिले पनि मान्यता दिएको कोरोनाको खोप लगाएको व्यक्ति जान सक्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन् । त्यस्तै अर्को श्रम गन्तव्य मुलुक कतारमा पनि कोरोना संक्रमणमुक्त हुनेको संख्या ९८.९५ प्रतिशत रहेको देखिएको छ । कतारमा २ लाख ३४ हजार ८ सय ९५ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख ३२ हजार ४ सय ५२ जना निको भएको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । अहिले कतारमा संक्रिय संक्रमितको संख्या १ हजार ८ सय ६६ जना रहेको तथ्यांकले देखाएको छ । कतारमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ४ जना रहेको छ । जुन नेपालीको श्रम गन्तव्य मुलुकमध्ये सबैभन्दा कम संख्या हो । पछिल्लो समय कोरोनाका कारण कतारमा मृत्यु हुनेको संख्या शून्य रहेको छ । कतारमा पछिल्लो समय ७ सेप्टेम्बरमा एक जनाको मृत्यु भएको थियो भने त्यसपछि कुनै पनि व्यक्तिको मृत्यु नभएको तथ्यांकले देखाएको छ । यता युएईमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९८.७९ प्रतिशत रहेको बताइएको छ । युएईमा संक्रमण पुष्टि भएको ७ लाख ३० हजार १ सय ३५ जनामध्ये ७ लाख २१ हजार ३ सय ६७ जना निको भएको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । युएईमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६६ जना रहेको छ । अहिले त्यहाँ संक्रिय संक्रमितको संख्या ६ हजार ७ सय २ जना रहेको तथ्यांकले देखाएको छ । अर्को श्रम गन्तव्य मुलुक ओमानमा संक्रमण मुक्त हुनेको संख्या ९६.७६ प्रतिशत रहेको देखिएको छ । त्यहाँ संक्रमण पुष्टि भएका ३ लाख ३ हजार २ सय २३ जनामध्ये २ लाख ९३ हजार ४ सय १४ जना संक्रमण मुक्त भएको बताइएको छ । ओमानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ९० जना रहेको र संक्रिय संक्रमितिको संख्या ५ हजार ७ सय १९ जना रहेको वल्ड्रोमिटरको तथ्यांकले देखाएको छ । यता रोजगारीको आकर्षक गन्तव्यका रूपमा हेरिएको र सोमबार मात्रै भाषा परीक्षासमेत सञ्चालन गरिएको इजरायलमा भने कोरोनाबाट निको हुनेको संख्या ९२.२५ प्रतिशत रहेको बताइएको छ । त्यहाँ संक्रमण पुष्टि भएका ११ लाख ९४ हजार ७ सय ८३ जनामध्ये ११ लाख २ हजार २ सय ६३ जना संक्रमणमुक्त भएको तथ्यांकले देखाएको छ । इजरायलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ४ सय ३८ जना रहेको बताइएको छ । हाल इजरायलमा संक्रिय संक्रमितको संख्या ८५ हजार ८२ जना रहेको देखिएको छ । इजरायलको दीर्घकालीन सेवामा रोजगारीका लागि सञ्चालन गरिएको भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । उनीहरूमध्ये १ हजार जना रोजगारीका लागि इजरायल जान पाउने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०३:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP