Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसिया र खाडी जानेबाट ठूलो अपेक्षा गर्नु गलत : डा.गुरुङ
मलेसिया र खाडी जानेबाट ठूलो अपेक्षा गर्नु गलत : डा.गुरुङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २९, २०७८
Dr, Ganesh Gurung
Hardik health
काठमाडौं– श्रम विज्ञ डा.गणेश गुरुङले रोजगारीका लागि मलेसिया तथा खाडी मुलुकमा गएका युवाबाट राज्यले ठूलो आस गर्न नहुने बताएका छन् । मलेसिया तथा खाडी मुलुकमा रोजगारीमा जानेहरुको उद्देश्य नै घर परिवार चलाउनु भएकाले उनीहरुबाट आएको रेमिट्यान्स सदुपयोग भएन भन्नु नै गलत हुने डा. गुरुङले बताएका हुन् । नेपालमा गरेको खेतीपातीले वर्षभरि खान नपुगेपछि रोजगारीका लागि खाडी तथा मलेसियामा रोजगारीका लागि गएकाहरुबाट उद्योगको स्थापना गर्ने अपेक्षा गर्नु राज्यको कमजारी भएको उनले बताएका छन् । उनीहरुको पहिलो प्राथमिकता भनेको नै परिवार पाल्नु हो, जसअनुसार अहिले विदेशमा कमाएको रकम यहि अनुरुप खर्च भइरहेको गुरुङले बताए । खाडीमा रोजगारीका लागि जानेहरुको लक्ष्य भनेको परिवारका आवश्यक पूरा गर्ने भएकाले अहिले उनीहरुले पठाएको रेमिट्यान्स पनि सोहीअनुसार खर्च भइरहेको उनले बताए । डा.गुरुङले भने, ‘ऋण खोजेर विदेश गएकाहरुले पठाउको पैसाले ऋण नतिरेर उद्योग खोल्दिन्छ भनेर आस गर्नु बेकार हो ।’ ‘अभावको जीवनबाट छुट्कारा पाउनका लागि विदेश जाने श्रमिकले परिवार पाल्ने भइसकेपछि उसको परिवारले राम्रो लुगा लगाउला, बालबच्चालाई राम्रो विद्यालयमा पढाउने सोच्ला, अनि खरको छानो फेरेर जस्ताको छानो लगाउने सोच्ला, त्यसभन्दा पछि गाउँबाट नजिकको सहरमा जग्गा किनेर घर बनाउने सोच्ला उसको लक्ष्य नै त्यही हो त अनि कसरी अनुत्पादक क्षेत्रमा खर्च भयो भन्ने ?’ उनको प्रश्न थियो । रोजगारीमा गएकाहरुले आफ्नो आवश्यताअनुसार खर्च गरेको र सोही आवश्यकता पूर्तिका लागि उनीहरु विदेश गएको डा.गुरुङले बताएका छन् । उनले भने, ‘विदेशमा गएर पसिना बगाउने युवाहरुको पैसाको योजना सरकारले बनाएकाले उत्पादनमूलक नभएको केही अर्थशास्त्रीहरुले भनाइ मात्रै हो, उनीहरुले कमाएको पैसा उनीहरुले आफ्नो आवश्यता अनुसार खर्च गरेका मात्रै हुन् ।’ सबै क्षेत्रमा नकारात्मकता भन्ने हुने भन्दै केही व्यक्तिले आवश्यकता नभएको क्षेत्रमा खर्च गरेका हुन सक्ने तर नेपालमा लगानी गर्नका लागि पनि प्रतिफल आउने कुराको कुनै ग्यारेन्टी नहुनुले पनि विदेशमा कमाएको रकम लगानी गर्न व्यक्ति डराउने गरेको डा. गुरुले बताएका छन् । राज्यले प्रतिफल प्राप्त हुने ग्यारेन्टी गरेको खण्डमा लगानी हुन सक्ने तर यहि अवस्थामा किन लगानी भएन भनेर भन्न सकिने अवस्था नरहेको उनले बताए । कोभिड महामारीको समयमा रेमिट्यान्स बढेकोप्रति पनि उनले भित्री कुरा बताएका छन् । रोजगारीमा श्रमिक नगएको अवस्थामा पनि रेमिट्यान्स बढ्नुले कोभिडअघि गैरकानुनी रुपबाट रेमिट्यान्स आएको पुष्टि भएको डा.गुरुङले बताएका छन् । कोभिडको बखत ती गैरकानुनी बाटाहरु (जस्तै हुन्डलगायत) बन्द भएकाले रेमिट्यान्स भित्र्याउन वैध बाटो अपनाएका कारण रेमिट्यान्स बढेको देखिएको उनको दाबी छ । यसका अलावा कोभिडको समयमा नेपाल फर्कनेहरु फेरि विदेश नजाने गरी सबै रकम लिएर फर्केनु तथा कोभिडको समयमा जिन्सी सामानहरु ल्याउन नपाएका कारण नगद आएकाले पनि रेमिट्यान्समा वृद्धि भएको हुने सक्ने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ०३:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’
‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’ शुक्रबार, कात्तिक २१, २०८२
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा शुक्रबार, कात्तिक २१, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, कात्तिक २०, २०८२
सरकारको पत्राचारबाट व्यवसायी आशावादी, संघर्षका कार्यक्रम स्थगित
सरकारको पत्राचारबाट व्यवसायी आशावादी, संघर्षका कार्यक्रम स्थगित बिहीबार, कात्तिक २०, २०८२
वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्ने सम्बन्धी सूचना
वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्ने सम्बन्धी सूचना बुधबार, कात्तिक १९, २०८२
मलेसियालाई सरकारको पत्र : मापदण्ड स्वीकार्य छैन
मलेसियालाई सरकारको पत्र : मापदण्ड स्वीकार्य छैन बुधबार, कात्तिक १९, २०८२
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी बुधबार, कात्तिक १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP