Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जिटुजीको औचित्य छैनः सचिव गौतम
जिटुजीको औचित्य छैनः सचिव गौतम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २८, २०७८
DSC_0032
Hardik health
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव सूर्यप्रसाद गौतलमले जिटुजीको जरुरी नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित वैदेशिक रोजगार पत्रकार समाजको १२औँ साधारण सभामा बोल्दै सचिव गौतमले व्यवसायीलाई करोडौँ धरौटी राख्न लगाएर काम गर्न लगाइएकाले जिटुजी आवश्यक नरहेको बताएका हुन् । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने व्यवसायीहरूसँग करोडौँ रकम धरौटी राखेर अविश्वास गर्नु चिन्ताको विषय भएको भन्दै सचिव गौतमले त्यसका लागि विश्वासको वातावरण बनाएर काम गर्नु पर्ने बताएका छन् । व्यवसायीलाई नै श्रमिक पठाउने जिम्मेवारी दिएर सरकारले सहजीकरण गर्नु पर्ने उनले बताए । अहिले नेपालबाट रोजगारीका लागि कोरिया र इजरायलमा जिटुजी प्रणालीबाट श्रमिक पठाउने काम भइरहेको छ । अन्य मुलकमा भने वैदेशिक रोजगार व्यवसायीहरूले पठाउने गरेको बताइएको छ । सबै काम सरकारले गर्नेभन्दा पनि व्यवस्थित कसरी बनाउने भन्ने कुरामा ध्यान दिनु पर्ने उनले बताएका छन् । व्यवसाय गर्ने जिम्मा व्यवसायीलाई दिएर सरकारले श्रम सम्झौता गर्ने र वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सुरक्षित र व्यवस्थित बनाउनेतर्फ सरकारले ध्यान दिनु पर्ने उनको धारणा थियो । यसैबीच, सरकारले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको काम स्थानीय तहबाट नै गर्ने व्यवस्था मिलाउनेतर्फ लागिरहेको सचिव गौतमले बताएका छन् । स्थानीय तहबाट नै यो कार्य गर्न सकेको खण्डमा काठमाडौं नै आउनु पर्ने बाध्यताको अन्त्य हुने उनले बताए । एक अर्को सन्दर्भमा वैदेशिक रोजगारको क्षेत्रलाई सम्मानित बनाउनेतर्फ पत्रकारको पनि महत्वपूर्ण भूमिका हुने भएकाले त्यसतर्फ लाग्न सचिव गौतमले आग्रह गरेका छन् । कोरोनाको महामारीको समयमा पनि ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रिएको भन्दै अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने यो क्षेत्रलाई सम्मानित बनाउनका लागि सबैको हातेमालो आवश्यक रहेको बताए । साथै के गर्न हुने के गर्न नहुने भन्ने विषयमा वैदेशिक रोजगारसँग सम्बन्धित सरोकारवालाबीच आचारसंहित निर्माण गर्नु पर्ने आवश्यक देखिएको पनि सचिव गौतमको भनाइ थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले श्रमिकलाई सुरक्षित बनाउनेतर्फ लाग्नु पर्ने बताएका छन् । विदेशमा कसरी सुरक्षित हुने, समस्या पर्दा के कसरी समाधान गर्ने भन्ने विषयमा सबै लाग्नु पर्ने उनले बताए । श्रमिकका मानव अधिकार हनन्का विषयमा मानव अधिकार आयोगले काम गरिरहेको भन्दै नियमहरू बनेका र त्यसको नियमन गरिने पनि अध्यक्ष मगरले बताए । विदेशमा रहेका नेपालीको सुरक्षाबारे सबै पक्षले ध्यान दिन जरुरी रहेको अध्यक्ष मगरले आग्रह गरे । श्रम गन्तव्य मुलुकको अवस्था र सुरक्षित रोजगारीका बारेमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सुसूचित गराउन सकियो भने आधा समस्या हल हुनेसमेत बताएका छन् । वैदेशिक रोजगार बाध्यता : महासचिव श्रेष्ठ कार्यक्रममा बोल्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बाध्यताबश वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था रहेको बताएका छन् । नेपालमा रोजगारी पाउन नसक्ने अवस्थामा नेपाली युवा बाध्यताले विदेश जानु परेको उनले बताए । वार्षिक करिब ५ लाख युवा श्रम बजारमा आउने भन्दै उनीहरूमध्ये नेपालमा एक लाखको हाराहारीले मात्रै रोजगारी प्राप्त गर्न सक्ने र अन्य युवाहरू विदेशिनु पर्ने बाध्ता रहेको उनले बताए । वैदेशिक रोजगारीमा जानै पर्छ भन्ने नभएको भन्दै विदेशबाट फर्केकाहरूसमेत नेपालमा नै बस्ने वातावरण नरहेको उनले बताए । विदेशबाट फर्केर केही गर्न खोज्दा पनि समस्या भएपछि पुनः विदेश नै जानु पर्ने बाध्यता रहेको महासचिव श्रेष्ठले बताएका छन् । विदेशमा नेपालीले श्रम नभएर सीप बिक्री गरेको उनले दाबी गरे । पत्रकारहरूले वैदेशिक रोजगारमा देखिएका सकारात्मक र नकारात्मक दुवै पक्षको उजागर गर्नु पर्ने उनले बताए । वैदेशिक रोजगारले समाजमा पु¥याएको योगदानको विषयमा पनि कलम चलाउन उनले आग्रह गरेका छन् । वैदेशिक रोजगारी अहिले बाध्यात्मक भएको भन्दै यसलाई स्वेच्छिक बनाउनेतर्फ सबैले ध्यान दिनु पर्ने उनले बताए । श्रमिकको हक र हितका लाग काम गर्न स्थापना गरिएको वैदेशिक रोजगार बोर्ड काम गर्न नसकेको भन्दै त्यसतर्फ पनि सबैले ध्यान दिनुपर्ने उनको तर्क थियो । धेरै श्रमिक पठाउनेभन्दा पनि दक्ष जनशक्ति पठाउनेतर्फ ध्यान दिनु पर्ने र यसबाट राज्यलाई फाइदा पुग्ने उनको भनाइ थियो । यता नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले वैदेशिक रोजगारसँग जोडिएकाहरू सुरक्षित हुन नसकेको भन्दै चुनौतीका बीचबाट काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । यो क्षेत्रमा संलग्नहरूलाई सुरक्षित बनाउनु पर्ने उनले बताए । नेपालमा भएका राम्रा नीति नियमहरूको प्रचारप्रसार गर्न नसकिएको भन्दै त्यसतर्फ पनि ध्यान दिन उनले वैदेशिक रोजगार पत्रकार समाजलाई अनुरोध गरे । समाजको अध्यक्षमा भट्टराई यसैबीच, वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धव भट्टराई चयन भएका छन् । आइतबार सम्पन्न साधारण सभाबाट भट्टराईको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्ष इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भुल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर सर्वसम्मत रूपमा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा अरिष्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाईँ चयन भएका छन् । सो अवसरमा समाजद्वारा प्रकाशित स्मारिका ‘श्रम तथा आप्रवासन’ समेत विमोचन गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  ०३:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP