Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तंग्रिँदै वैदेशिक रोजगार क्षेत्र
तंग्रिँदै वैदेशिक रोजगार क्षेत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २१, २०७८
काठमाडौं– लामो समयको लकडाउन र निषेधाज्ञापछि वैदेशिक रोजगार क्षेत्रमा केही आसाका किरणहरू देखिन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण जारी खासगरी रोजगार गन्तव्य मुलुकहरूले नेपाली श्रमिक लिन थालेपछि यो क्षेत्रमा केही आसाका किरणहरू देखिन थालेका हुन् । कोभिडका शून्य अवस्थामा रहेको यो क्षेत्रमा आसाका त्यान्द्राहरू देखिन थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताएका छन् । उनका अनुसार कोभिडको समयमा विदेश पठाउने कार्य शून्य रहेको भए पनि अहिले भने दैनिक करिब एक हजार दुई सय जना युवाहरू रोजगारीका लागि विदेश गइरहेका छन् । अहिलेको अवस्था हेर्दा वैदेशिक रोजगारको क्षेत्रमा विस्तारै सुधार देखिन थालेको महासचिव श्रेष्ठले बताए । गन्तव्य मुलुकले श्रमिक झिकाउन थालेपछि कोभिड सुरु हुनुभन्दा पहिलेको अवस्थाजस्तो नभए पनि व्यवसायीमा आसा पलाएको उनकाको भनाइ छ । कोभिडभन्दा अगाडिको समयमा नेपालबाट दैनिक एक हजार ६ जना नेपाली युवा रोजगारीका लागि विदेश जाने गरेको उनले बताएका छन् । पछिल्लो समय नेपालबाट साउदी अरब र कतार जाने युवाहरू धेरै रहेको उनले बताए । यता युएईमा भने पुराना र बिदामा नेपाल फर्केकाहरू गइरहेको बताइएको छ । नेपालीको मुख्य श्रम गन्तव्य मुलुक मलेसिया भने अहिले पनि बन्द रहेको अवस्था छ । मलेसिया बन्द रहेकाले पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कही कमी देखिएको व्यवसायीहरूको भनाइ छ । मलेसिया खुलाउने विषयमा नेपाल सरकारले पहल गरिरहेको बताइएको छ । तर, मलेसिया आफैँले बन्द गरेकाले तत्काल खुल्ने विषयमा यसै भन्न सक्ने अवस्था नरहेको महासचिव श्रेष्ठले बताए । अहिले पनि मलेसियामा कोरोनाको महामारी दिन दिनै बढिरहेको वल्ड्रोमिटरले जनाइरहेको छ । आइतबार मात्रै मलेसियामा कोरोनाका कारण तीन सय ३६ जनाको मृत्यु भएको छ । आइतबार २० हजार ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको वल्ड्रोमिटरको तथ्यांकले देखएको छ । अहिले पनि त्यहाँ संक्रिय संक्रमितको संख्या २ लाख ५५ हजार ७ सय ८९ जना रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या १८ हजार २ सय १९ जना पुगेको छ भने संक्रमण पुष्टि हुनेको संख्या १८ लाख ४४ हजार ८ सय ३५ जना पुगेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  ०३:४२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ आइतबार, जेठ ४, २०८२
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता आइतबार, जेठ ४, २०८२
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग शुक्रबार, जेठ २, २०८२
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP