
काठमाडौं– त्रिभुवन विमानस्थल र काँकडभिट्टा नाका भएर २ जार १ सय १३ जना नेपाली विदेशिएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार ९ भदौ अर्थात बुधबार सो संख्यामा नेपालीहरू विदेशिएका हुन् ।
विदेशिने नेपालीमध्ये २ हजार १ सय ४ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र ९ जनाले काँकडभिट्टाबाट नेपाल छाडेका छन् । बुधबार नेपाली र विदेशी गरेर नेपाल छाड्नेको संख्या भने २ हजार २ सय ७१ जना रहेको विभागको तथ्यांकले देखाएको छ । जसमध्ये १ हजार ९ सय १२ जना पुरुष र ३ सय ५९ जना महिला रहेका छन् । बुधबार १ सय ५८ जना विदेशी नागरिकसमेत नेपालबाट बाहिरिएका छन् ।
त्यस्तै बुधबार नेपाल भित्रिनेको संख्या १ जहार ८ सय ९३ जना रहेका छन् । जसमध्ये १ जना काँकडभिट्टाबाट स्वदेश भित्रिएका हुन् । नेपाल भित्रिनेमध्ये नेपालीको संख्या १ हजार ६ सय ६७ जना र २ सय २६ जना विदेशी रहेको विभागले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमणको अवस्थामा कमी आएसँगै रोजगारीका लागि विदेश जानेहरूको संख्यामा वृद्धि भइरहेको बताइएको छ ।