Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • हामी जवाफदेही छौं - कक्षपति
हामी जवाफदेही छौं - कक्षपति
admin123
admin123 शुक्रबार, साउन १८, २०७५
29197177_2036267179954190_7634595215235350528_n
Hardik health
किश्मत कुमार कक्षपति बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष हुन् । गाउँपालिका महासँघका केन्द्रीय सदस्य समेत रहेका कक्षपति प्रष्ट बक्ताको रुपमा परिचित छन् । गाउँपालिकाको समग्र बिकास र जवाफदेहिताका बारेमा कक्षपतिसँग असल शासनका लागि गरिएको कुराकानी यहाँ प्रश्तुत गरिएको छ :— खजुरा गाउँपालिकाले कसरी काम गरिरहेको छ र यहाँहरुको एक वर्ष कसरी बित्यो ? — खजुरा गाउँपालिकाले खजुरेली जनता प्रति जवाफदेहिता बहन गर्दै काम गरिरहेकोछ । मैले सधै भन्ने गरेको छु हिजो हामी विभिन्न राजनीतिक दलहरु बाट विभिन्न पार्टीको चुनाव चिन्ह बोकेर चुनाव लडेका थियौँ, अव हामी खजुराका पचास हजार जनता प्रति जवाफदेहि हुँदै काम गरिरहेकाछौं । एक वर्षको दौरानमा धेरै कुराहरु सिक्दै हामी अगाडी बढिरेहका छौँ । हरेक कुराहरु नयाँ छ, अन्यौलता छ । सबभन्दा पहिले संघ र प्रदेशको निर्वाचन भईसके पछि स्थानीय सरकारको चुनाव हुनुपथ्र्याे । त्यसो नहुँदा काम गर्न असहज भयो । निर्वाचन उल्टो भयो ? त्यसका बाबजुत पनि यहाँहरुले काम गर्नुभयो ?      — उल्टो भयो । पहिलो चरणमा स्थानीय चरणको निर्वाचन गरियो, कानुन, ऐन, कार्यबिधी बिना स्थानीय सरकारलाई चलाउनु पर्ने बाध्यता भयो । अन्यौलतामा नै बित्यो यो एक वर्ष । प्रशिक्षण, अभिमुखिकरण र सिकाईमा एक बर्ष बित्यो । यस्तो चुनौतिको बाबजुत पनि खजुरा गाउँपालिकाले जवाफदेहिका साथ काम गरेको छ र भौतिक निर्माण तर्फ ९५ प्रतिशत काम सम्पन्न्न भईसकेको छ । लक्षित वर्गका कार्यक्रमहरु सतप्रतिशत सम्पन्न भईसकेका छन् । खजुरा गाउँपालिकालाई प्रविधि युक्त बनाउनका लागि हामी लागिरहेका छौ । गाउँपालिकामा सिसि क्यामरा जडान गरिसकेका छौँ । तत्काल अनलाईन सिस्टम सुरु गरिरहेका छौँ । सामुदायिक बिद्यालयको शैक्षिक स्थिती सुधार्नको लागि पहिलो चरणमा हामीले यहाँका माद्यामिक तह र निम्न माद्यामिक बिद्यालयलाई हामीले आइसिटि माध्यमबाट पठन—पाठन गर्नको निमित्त एउटा स्मार्ट बोर्ड र एउटा प्रोजेक्टर र एउटा ल्याप्टप बितरण गरेको छाँै त्यसैगरी कृषि तिर हामीले बिउमा अनुदानको ब्यवस्था गरेको थियौँ र सामाजिक सुरक्षा तर्फ हामीले ७० बर्ष काटेका व्यक्तिहरुलाई हामीले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छौं । गाउँपालिकाका सबै वडाहरुलाई प्रबिधिमैत्री बनाउन थाल्नु भएको हो ?      — सबै वडामा ईमेल, ईन्टरनेट जोड्दैछौं । ईमेल, ईन्टरनेट  जडान पछि सबै वडाहरु अनलाईनमा जान्छन् । हाल गाउँपालिकाको फेसबुक, टुइटर आईडि र वेवसाइटमा छ, जसबाट हामीले सबै सुचना प्रबाह गरिसकेका छौ भने खजुरा राज—पत्र पनि हामीले पहिलो चरणमा प्रकाशन गरिसकेका छाँ । हामीले अत्यन्त छिटो छरितो साथ सेवा सुविधा दिने प्रयास गरिहरेका छौं ।। कर्मचारी सिमित छन् प्रत्येक वडामा योग्यता अनुसारको सचिव अझैपनि छैनन् । प्रत्येक वडामा प्रबिधिक छैननन् । यि कारणले सेवा प्रवाहमा असहज भईरहेकोछ ।  बिभिन्न समस्याका बावजुत खजुरा गाउँपालिकाले काम गरिरहेकोे छ, अव यो एक बर्षको सिकाइबाट चार बर्ष भित्र खजुरालाई कहाँ पुर्याउनेलक्ष छ ? — २०७५ असार १४ गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो त्यो निर्बाचनमा जनताको बिचमा गरेका प्रतिबद्धताहरु बमोजिम हामी खटिरहेका छौं । चार बर्ष भित्र खजुरालाई नमुना गाउँपालिका बनाउने लक्षका साथ हामी अघि बढ्नेछौं । खजुराको प्रमुख सवाल के हो ? — प्रमुख सवाल वडा नम्बर १, २, ३, ४ साविकको राधापुर, सितापुर, बागेश्वरी गाबिस यो स्वास्थ्य बिकास कम्पनिले इजराइलि मोडालिटिमा बनाएको बस्तीलाई व्यवस्थित गर्नका निमित्त खजुरा गाउँपालीका लाई ५ बर्ष भित्रमा कस्तो बनाउने  र १० बर्ष भित्र कस्तो बनाउने भन्ने बिषयमा आवधिक योजना बनाउँदैछौं । यसको लागि बजेट पनि आर्थिक बर्ष ०७५/०७६ मा पारित गरिसकेको छौ । बाँकी रहे वडा नम्वर ५, ६, ७, ८ साविकको उढरापुर, रनियापुर र सोनपुर  । यो क्षेत्रमा मधेशी, मुस्लिमहरुको बाहुल्यता छ । त्यहाँका बासिन्दाहरु अशिक्षित छन्, त्यहाँ जनचेतनाको अभाव छ । ति वडाहरुमा एक—एक वटा प्रबिधिक शिक्षालय खेल्नु पर्छ भन्ने हाम्रो मान्यता छ । आर्थिक बर्ष ०७५/०७६ को लागि प्राबिधिक शिक्षाको लागि केहि बजेट पनि बिनियोजन गरिएको छ । तपाईंहरुले उच्च प्राथमिकतामा राखेका वडाहरु बिकासका दृष्टिकोणले पछाडी छन्, बिकासको मूल प्रवाहमा ल्याउन के गर्ने योजना छ ?         — हाम्रो गाउँपालिकाको आठ ओटै वडामा गाडि घोडा जान्छन् तर सबै वडा पिच छैनन् ग्राभेल छन् । आर्थिक बर्ष ०७५/०७६ मा बजेट विनियोजन गर्दा खेरी प्रत्येक वडालाई ८०, ८० लाखको सिलिंग दिएका थियौं । त्यो भित्र टेकेर योजना बनेका थिए । अहिले गौरवको योजनामा ४ करोड वजेट बिनयोजन गरिएको छ त्यो ४ करोडबाट कति किलो मिटर पिच गर्न सकिन्छ ? समपुरक कोषमा हामीले २ करोड बिनियोजन गरेकाछौ यसरी करिव १० करोड हुन्छ, १० करोडको रकमबाट हामी ठूलो गौरबको योजना शुरु गर्न सक्छौं । पहिलो वर्ष कति किलो मिटर बाटो पिच भयो ?  — पहिलो वर्ष हामीले नेपालगञ्ज गुलरिया खण्ड देखि क्यान्सर हस्पिटल सम्म करिव १ किलो मिटर पिच गर्ने काम गर्यौं । प्रत्येक वडाहरुमा बाटोहरु ग्राभेल भएका छन् । अब ति सबै बाटोहरुमा हामीले पिच गर्दैछौ र अब हामीले ग्राभेलमा खर्च गर्दैनौं। प्राविधिक शिक्षालाई कसरी लागु गर्ने सोच बनाउनु भएको छ ?  — खजुरा गाउँपालिका शिक्षाको क्षेत्रमा धेरै भाग्यशाली छ । खजुरा गाउँपालिकालाई शैक्षिक हव र स्वास्थ्य हव बनाउने योजानाहरु अगाडी बढाईएकोछ । बाँके जिल्लामा ३ वटा नमुना माध्यामिक बिद्यालयहरु मध्ये २ वटा नमुना बिद्याालय हाम्रै गाउँपालिकामा छन् । दुई वटा बिद्यालयमा सिभिल इन्जिनियरिङ्ग तर्फको प्राबिधिक र कृषि तर्फको प्राबिधिक पढाई भईरहेको छ । हामीले अन्य वडामा प्राबिधिक तर्फको आधारमा प्रत्येक वडामा शिक्षालय खोल्ने हाम्रो योजना छ । यो वर्ष हामीले केहि वजेट विनियोजन पनि गर्ने छौ । धेरै स्थानीत तहले बिकासलाई संरचना निर्माणको कुरा मात्र गरिरहेका बेला तपाईंहरु सामाजिक बिकासको पनि कुरा गरिराख्नुभएकोछ ?  — निश्चय पनि जव सम्म सामाजिक बिकास हुँदैन तब सम्म बिकास निर्माणका कार्यहरु मात्र गरेर हुँदैन भन्ने कुरामा हामी ढुक्क छौं । सरकारले भनेजसरी गाउँ—गाउँमा सिंहदरवारको अनुभुति जनताले गर्न पाए त ?  — त्यो छैन किन छैन भने सिंहदरबारको अधिकार गाउँमा भनियो हो यो नारा लगाउनु भन्दा पहिलेनैं गल्ति भयो । कानुन नवनाईकन, अन्य दुई वटा सरकारहरु नवनाईकन स्थानीय सरकारको निर्वाचन गरिएका कारण जनताले स्थानीय सरकारको अनुभुती गर्न पाएका छैनन् । अधिकार स्थानीय सरकारहरुलाई कागजमा मात्र दिइयो, व्यवहारमा दिईएन । त्यसकारण यस्तो हुन गयो । स्थानीय सरकार भने पनि अझै कतिपय अधिकार केन्द्रमैँ राखिएको हो ?  — हामी अभ्यासमैं छौं । आफ्नो काम आफैले बनाईरहेको अवस्था छ तर कतिपय कुराहरुमा संघिय सरकारले व्यवस्थापन गर्न सकिरहेकोछैन । स्थानीय सरकारमा प्रयाप्त कर्मचारी छैनन् । कर्मचारी नियुक्त गर्न दिईएको छैन । जिल्लामा रहेका कार्यालयहरु कटौती गर्ने भनिएता पनि पुनः जिल्लामैं नाम परिवर्तन गरेर कार्यालयहरु राखिएकोछ । यो कुरा यहाँहरुले उठाउनु भएको छैन ? — म गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रिय सदस्य पनि हुँ । हामीले यो कुरालाई उठान गरेका छौ । प्रकृया अघि बढेको छ तर सुस्त गतिमा । यदि साउन मसान्त भित्रमा संघिय सरकारले कर्मचारीको व्यवस्थापन गरेन भने स्थानीय तहले आफै व्यवस्थापन सम्बन्धी ऐन बनाएर कर्मचारी भर्ना गर्दछौ भनेर हामीले संघिय सरकारलाई भनिसकेका छौं । सरकारको प्रतिकृया के छ ? — संघिय सरकारको प्रतिकृया राम्रै छ । गाउँपालिकालाई अझ जवाफदेहि बनाउन तपाईहरुको योजना के छ ?— जनता प्रति जवाफदेहि नभईकन हामी जनप्रतिनिधि अगाढि बढ्यौ भने हामी असफल हुन्छौ । जनताको मन जित्न साह्रै गाह्रो छ । हामीले सबै कुराहरु जनताको बिचमा स्पष्ट तरिकाले जनताको बिचमा राख्यौ भने कहि कतै आपति हुँदैन, लुकाएर गर्नुपर्ने कुरा केही पनि छैन । हामी सम्पूर्ण कार्यहरु पारदर्शी र जवाफदेही ढँगले गरिरहेका छौं । अझ गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । — नमस्कार शाह/बिन्दु बस्नेत         
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०७५  १२:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP