
काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी सेवा निवृत्त भएका छन् । ५ वैशाखमा विभागको नेतृत्वमा आएका दवाडीले उमेरहदका कारण आइतबारदेखि अवकास पाएका हुन् ।
करिब चार महिनाको कार्यकाल सकेर सेवा निवृत्त भएको दवाडीले बताएका छन् । वैदेशिक रोजगारका विषयमा जानकार दवाडीको अवकाशपछि अब विभागमा नयाँ महानिर्देशक को हुने भन्ने विषयमा चर्चासमेत सुरु भएको बताइएको छ । दवाडीले यसअघि वैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुख र साउदी अरबस्थित नेपाली दूतावासको श्रम काउन्सिलरको जिम्मेवारीसमेत सम्हालेका थिए ।