Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रमाणपत्रभन्दा सीप सिक्नतिर लाग्नु पर्छ : महानिर्देशक दवाडी
प्रमाणपत्रभन्दा सीप सिक्नतिर लाग्नु पर्छ : महानिर्देशक दवाडी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ४, २०७८
Krishna-Prasad-Dawadi
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले प्रमाणपत्र लिनेभन्दा पनि सीप सिक्नेतर्फ लाग्नु पर्ने बताएका छन् । नेपाल सरकारले इजरायलको स्याहार केन्द्रमा श्रमिक पठाउन आवेदन माग गरेपछि प्रमाणपत्र खोज्ने गरेको सुनिएको भन्दै युवाहरूले सीप सिक्नु पर्ने उनले बताएका हुन् । प्रमाणपत्र बनाएर गए पनि सम्बन्धित विषयमा ज्ञान नभएपछि स्वदेश फर्किनु पर्ने अवस्था आइपर्ने भन्दै यस्तो कार्यले रोजगारदाता मुलुकमा नेपालको नकारात्मक सन्देश प्रवाह हुने उनको भनाइ छ । उनका अनुसार यसरी गएपछि काम आउँदैन त्यसपछि उताबाट नेपाल फर्काइदिन्छ, अनि म्यानपावरबाट गएको भए म्यानपावरले भनेअनुसारको काम दिएन भनेर झगडा गर्न विभागमा आउने र सरकारले गरेको भए पनि यहिँ आएर झगडा गर्ने हो । यस्तो अवस्था नआउनका लागि तालिम दिने संस्था खोजेर पहिलो तालिम लिएर योग्य बन्नु पर्ने उनले बताए । विभागमा तालिम लिन पाइएन भनेर आउने गरेको सुनाउँदै महानिर्देशक दवाडीले सिटिइभिटीबाट सम्बन्धन लिएर कियर गिभिङको तालिम दिने संस्थामा गएर तालिम लिनका लागि सुझाब दिने गरेको बताएका छन् । पहिलो चरणमा इजरायल पठाउने कार्य सम्पन्न भएको खण्डमा फेरि पनि श्रमिक पठाउने विषयमा छलफल भइरहेको भन्दै सर्टिफिकेट बनाउने ठाउँ खोज्नुभन्दा पनि सीप सिक्नेतर्फ लाग्नु पर्ने दवाडीले बताए । यो पटकका लागि भएन अर्को पटकका लागि भनेर अहिलेदेखि नै तयारी गर्नेतर्फ उनले सबैलाई सुझाब दिने गरेको बताएका हुन् । इजरायल सरकारले नेपालको छनोट प्रक्रियालाई राम्रो मानेको खण्डमा फेरि पनि यस्तो श्रमिकको माग आउने भएकाले यसलाई सफल बनाउनेतर्फ लाग्नु पर्ने महानिर्देशक दवाडीको भनाइ छ । यसले आगामी दिनका लागि पनि ढोका खुल्ने यो छनोटमा इजरायल सरकारलाई प्रभाव पार्ने गरी गर्नु पर्ने चुनौति रहेको उनले बताए । कोरियाभन्दा पनि आकर्षक गन्तव्यका रूपमा हेरिएको इजरायलका लागि ९ हजार ६ सय ९९ जनाको आवेदन परेको छ । आवेदन दिएकामध्ये १ हजार ६ सय ८० जनालाई लिखित परीक्षामा उत्तीर्ण गराइने वैदेशिक रोजगार विभागअन्तर्गतको इजरायल शाखाका प्रमुख डम्बरबहादुर सुनुवारले बताएका छन् । उनका अनुसार यसमध्ये पनि अन्तर्वार्ताबाट जम्मा १ हजार ४ सय जना उत्तीर्ण हुने छन् । यसमध्येबाट पनि १ हजार जना मात्रै इजरायल जान पाउने उनले बताए । जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०३:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP