
काठमाडौं– मलेसियमा बुधबार एकै दिन २२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार मलेसियमा २२ हजार २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मलेसियामा दैनिक २० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हँुदै आएको छ । सोमबार र मंगलबार केही कम संक्रमित देखिएको मलेसियामा बुधबार फेरि बढेको कोभिडको तथ्यांक सार्वजनिक गर्ने वल्ड्रोमिटरले जनाएको छ ।
मलेसियामा सोमबार १९ हजार ७ सय ४० जनामा संक्रमण पुष्टि भएको बताइएको छ । त्यस्तै मंगलबार भने त्यहाँ १९ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या पनि मलेसियमा दैनिक ३ सयको हाराहारीमा रहेको देखाइएको छ । मलेसियामा १२ अगस्टमा ३ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । यो संख्या १७ अगस्ट मंगलबार २ सय ९३ जना रहेको थियो भने १६ अगस्ट सोमबार २ सय ७४ जना रहेको देखिएको छ । बुधबार पनि त्यहाँ २ सय २५ जनाले ज्यान गुमाएका छन् ।
यो सँगै मलेसियामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ हजार ३ सय २ पुगेको छ । हालसम्म कोरोना संक्रमण हुनेको संख्या भने १४ लाख ६६ हजार ५ सय १२ जना पुगेको छ । जसमध्ये ११ लाख ९८ हजार ७ सय २६ जना निको भएको बताइएको छ । अहिले मलेसियामा सक्रिय संक्रमितको संख्या २ लाख ५४ हजार ४ सय ८४ जना रहेको वल्ड्रो मिटरको तथ्यांकले देखाएको छ ।