Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलका लागि ९ हजारको आवेदन
इजरायलका लागि ९ हजारको आवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २, २०७८
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीका लागि इजरायल जानका लागि ९ हजार ६ सय ९९ जनाले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभागले १२ साउनदेखि २१ दिनको समय राखेर आवेदन माग गरेको यो अवधिमा ४ हजार २ सय महिला र ५ हजार ५ सय ९९ जना पुरुष गरी कुल ९ हजार ६ सय ९९ जनाले आवेदन भरेका हुन् । एक हजार जनाको कोटा निर्धारण गरी आवेदन माग गरिएको र मागभन्दा झन्डै ८ हजार बढी आवेदन परेको वैदेशिक रोजगार विभागका इजरायल शाखा प्रमुख निर्देशक डम्बरबहादुर सुनुवारले बताएका छन् । विभागमा आएका आवेदनहरूको रुजु गर्ने काम सुरु गरिएको उनले बताए । रुजु गर्ने कार्य सम्पन्न भएपछि लिखित परीक्षा सञ्चालन गरिने उनको भनाइ छ । भदौको तेस्रो हप्ता परीक्षा सञ्चालन गर्ने गरी विभाग अगाडि बढिरहेको निर्देशक सुनुवारले बताए । कुनै पनि आवेदकको आवेदन अस्वीकृत भएको खण्डमा त्यसको जानकारी आवेदकको इमेल र मोबाइल नम्बरमा म्यासेज गरिने विभागले जनाएको छ । परीक्षाको मिति तोकिएपछि पनि खबर गरिने निर्देशक सुनुवारले जानकारी दिए । विभागले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)सँग भदौ १५ देखि २० गते परीक्षा सञ्चालनका गर्नका लागि अनुरोध गरिएको र सिसिएमसीको निर्देशनअनुसार नै परीक्षा सञ्चालन गरिने विभागले जनाएको छ । लिखित परीक्षाको नतिजा २–३ दिनभित्रै प्रकाशन गरिने र त्यसपछि अन्तर्वार्ताको काम सुरु गरिने बताइएको छ । परीक्षामा सहभागी भएकाहरूमध्य १ जहार ६ सय ८० जनाको नाम अन्तर्वार्ताका लागि छनोट गरिने र त्यसमध्ये १ हजार ४ सय जनालाई उत्तीर्ण हुने निर्देशक सुनुवारको भनाइ छ । त्यसरी उत्तीर्ण भएकामध्ये पनि ४ सय जना भने इजरायल जान नपाउने बताइएको छ । इजरायले पहिलो चरणमा १ हजार जनालाई स्याहार केन्द्रमा रोजगारीका लागि लैजाने जनाइएको छ । इजरायलले नेपालबाट कियर गिभिङ क्षेत्रमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष श्रमिक लैजाने बताइएको छ । इजरायलमा आकर्षक रोजगारीको अवसर रहेकाले विभागमा भनसुनका लागि समेत फोनहरू आउने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताएका छन् । केही दिन अघि पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले इजरायल जानका लागि गर्नु पर्ने प्रक्रिया र सिक्नु पर्ने सीप सिक्नतिर लाग्न पनि सबैलाई अनुरोध गरेका थिए । छनोट प्रक्रियामा पूर्ण रूपमा पारदर्शी हुने उनको दाबी छ । इजरायलमा श्रमिक पठाउने विषय नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताअनुसार छनोट गरी पठाइने भएकाले कुनै पनि व्यक्ति वा संस्थाले संलग्नता नहरने भएकाले यस्ता व्यक्ति र संस्थाको पछि नलाग्न विभागले अनुरोध गर्दै आइरहेको छ । इजरायलका लागि आवेदन दिनका लागि ४५ किलो तौल भएको २५ वर्ष पूरा भएर ४५ वर्ष उमेर नकटेको हुनु पर्ने मापदण्ड तोकिएको छ । त्यस्तै १.५ मिटर उचाइँ र अंग्रेजी भाषाको ज्ञान भएको कक्षा १० पास गरी अनमी वा सिएमए सम्बन्धी १५ महिने अध्ययन पूरा गरेको हुनु पर्ने मापदण्ड तोकिएको थियो । १२ कक्षा उत्तीर्ण गरेकाको हकमा भने नेपाल सरकारले मान्यता दिएको तालिम प्रदायक संस्थाबाट केयर गिभरसम्बन्धी तीन महिनाको तालिम लिएको व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  ०३:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP