Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एनआरएनएको श्वेतपत्र सार्वजनिक
एनआरएनएको श्वेतपत्र सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ३२, २०७८
233871900_622129748755719_6662909143860151509_n
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तयार पारेको वैदेशिक रोजगारमा रहेका आप्रवासी श्रमिकको अवस्था सम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ । एनआरएनएको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरेर आइतबार संघले श्वेतपत्र सार्वजनिक गरेको हो । संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष्य डा.बद्री केसी र रविना थापालगायतले संयुक्त रूपमा श्वेतपत्र सार्वजनिक गरेका हुन् । श्वेतपत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले श्रमिकलाई खुसी बनाउन नसके देश धनी हुन नसक्ने बताएका छन् । स्वदेशमा रोजगारी सिर्जना गरेर देशलाई समृद्ध बनाउनु पर्ने उनले बताए । श्रम इजाजत नलिएर गएका लाखौँ श्रमिकहरू विदेशमा रहेको र उनीहरूको समस्या समाधानका लागि पनि सोच्नु पर्ने र त्यो कुरा श्वेतपत्रमा समावेश गरिएको उनको भनाइ छ । उनका अनुसार श्वेतपत्रमा स्वदेश फर्किएका युवाहरूलाई स्वरोजगार बनाउनका लागि नेपाल सरकारसमक्ष प्रस्तावसमेत राखिएको छ । बिमा गरेकाहरूको शव नेपाल आउने भए पनि अन्यको शव विदेशमा नै रोकिनु पर्ने अवस्था रहेको उनले सुनाए । त्यस्तै कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष डा.केसीले श्वेतपत्रमा वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू समावेश गरिएको बताएका छन् । उनले कोभिड–१९ को महामारीका समयमा विदेशमा रोजगारी गुमाएकाहरूलाई संघले उद्धार गरेको, विदेशमा मृत्यु भएकाहरूको तथ्यांक सार्वजनिक गरेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म कोरोनाका कारण विदेशमा रहेका ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै ४ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको उनले बताएका छन् । कोरोनाका कारण १ लाख ७० हजार जना स्वदेश फर्किएको उनको बताए । २४ प्रतिशत गाह्र्रस्थ उत्पादनमा सहयोग गरेको वैदेशिक रोजगारको क्षेत्रलाई राज्यले उपेक्षा गरेको उनको गुनासो छ । कार्यक्रममा वैदेशिक रोजगारीमा गएर कोरोनाका कारण समस्यामा परेकाहरूको उद्धारमा संघले गरेको कार्यहरूको विषयमा जानकारी गराइएको थियो । जसअनुसार संघले करिब २२ हजारभन्दा बढीलाई सहयोग गरेको जनाइएको छ । संघले यो बीचमा ५ सय ७० जनालाई टिकटको व्यवस्था गरेको जनाइएको छ । त्यस्तै ५ सय १ जनाको पिसिआर परीक्षण गरिएको र १ हजार २ सय जनालाई घरसम्म पुर्‍याउनका लागि सहयोग गरिएको बताइएको छ । भर्चुअल रूपमा सम्बोधन गरेका श्वेतपत्र निर्माण समितिका सदस्य डा.गणेश गुरुङले वैदेशिक रोजगारीको क्षेत्रको प्रबन्धका लागि कुनै पहल र रकमको व्यवस्था नगरिएको बताएका छन् । कुल गाह्र्रस्थ उत्पादनमा २४ प्रतिशत हिस्सा ओगटेको क्षेत्रलाई सरकारी तवरबाट बेवास्ता गरेको उनले बताए । त्यस्तै संघका प्रवक्ता डि.बी. क्षत्रीले वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउनु पर्ने बताएका छन् । यस विषयमा सबैले भाषण मात्रै गरेको र काम कसैले पनि नगरेको उनले बताए । उनका अनुसार यो क्षेत्र भाषण गर्ने माध्यम मात्रै बनेको, तर यसको जरो पत्ता लाग्न सकेन । नेपाल सरकारले पहिले बनाएका नियम, कानुन कार्यान्वयन गराउने हो भने यो क्षेत्र मर्यादित हुने उनको भनाइ थियो । श्वेतपत्रमा नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशहरूमा नेपालीको अवस्था र उनीहरूले भोग्नु परेको समस्या, रोजगारीबाट स्वदेश फर्किएका नेपालीहरूको पुनः एकीकरणको सम्भावित उपाय, सरकारबाट गरिएको अपेक्षा र एनआरएनएको भूमिकालगायत विषयमा चित्रण गरिएको प्रवक्ता क्षत्रीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा विदेशमा रहेका नेपालीको अभिभावकको जिम्मेवारी नेपाल सरकारको भएको भन्दै उनीहरूको उद्धारमा सरकारले महत्वपूर्ण भूमिका रहने बताइएको छ । कोरोनाका कारण मुख्य रूपमा मध्यपूर्वका देशहरू साउदी अरब, युएई, कुवेत, ओमान तथा मलेसियमा रहेका श्रमिक बढी मारमा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यी देशहरूको ९५ प्रतिशत नेपाली युवाहरू रोजगारका लागि जाने गरेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  ०३:४३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP