Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरिया जाने खर्च बढ्ने
कोरिया जाने खर्च बढ्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २६, २०७८
221952476_965052841004357_4056525901492578086_n
Hardik health
काठमाडौं– कोरियन भाषा पास गरेका श्रमिकलाई कोरियाको सर्तअनुसार पठाउँदा खर्च बढ्ने भएको छ । कोरियाले श्रमिक लिनका लागि विभिन्न सर्तहरू राखेको र ती सर्तअनुसार लाग्ने खर्च श्रमिक स्वयंले ब्यहोर्नु पर्ने भनेकाले लागत बढ्ने भएको हो । कोरोना भाइरस (कोभिड–१९) पछिको अवस्थामा कोरिया जाने श्रमिकले अनिवार्य रूपमा होटल क्वारेन्टाइनमा बस्नु पर्ने, सो समयको बिमा गर्नुपर्ने र सिधै कोरियाको उडानबाट कोरिया आउनु पर्ने सर्त राखेको छ । यस्ता सर्त पूरा गरेर मात्रै कोरिया जना पाइने र त्यसका लागि लाग्ने सम्पूर्ण खर्च श्रमिकले नै ब्यहोर्नु पर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताएका छन् । दवाडीका अनुसार सर्त पूरा गरेपछि श्रमिक जान पाउने भन्ने होइन, तर सर्त पूरा नगरेको खण्डमा भने नलैजाने हो । कोरियाले राखेको सर्तको पालना गरेर श्रमिक कोरिया पठाउने व्यवस्था गर्नका लागि राष्ट्रियसभाको सरकारी आश्वासन समितिले पनि निर्देशन दिइसकेको दवाडीले बताए । कोरिया श्रमिक पठाउनका लागि तयार भएको निर्देशिकाअनुसार टेन्डर गरेर सस्तो रुटमार्फत श्रमिक पठाउने कुरा उल्लेख भएको उनले जानकारी दिए । सोहीअनुरूप टेन्डर गरेर जसले थोरै रकममा श्रमिक लैजान्छ सोहीअनुसार ट्रान्जिट भएर श्रमिक कोरिया जाने गरेको विभागले जनाएको छ । अहिले नेपालबाट कोरिया एक वटा मात्रै उडान हुने भएकाले भाडा नै महँगो पर्ने र महँगोमा टिकट काट्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । अहिले टेन्डर आह्वान गरी श्रमिक पठाउँदा करिब ४ सय अमेरिकी डलर खर्च लाग्ने, तर अहिले नेपालबाट कोरिया जाने कोरियन एयरलाइन्स मात्रै रहेको र त्यसमा टिकट काट्न सक्ने अवस्था नरहेको महानिर्देशक दवाडीले बताए । कोरोनाको यो अवधिमा श्रमिकलाई नै टिकट काटेर जाने व्यवस्था गर्न प्रस्ताव गरिएको तर त्यसमा समिति सहमत नभएको उनले बताएका छन् । कार्यविधिले नै एउटा एयरलाइन्ससँग टिकट काट्न सकिने अवस्था नरहेको बताइएको छ । अहिले कोरिया जाने प्रक्रियामा रहेका करिब १० हजार जना रहेको विभागले जनाएको छ । जसमा करिब ५ हजारको हाराहारीमा नयाँ र करिब ३ हजारको हाराहारीमा कमिटेड श्रमिक रहेको बताइएको छ । कोरिया जानका लागि नाम निकालेकाहरूको पुनः स्वास्थ्य परीक्षण गरेर रोस्टरमा राखिएको महानिर्देशक दवाडीले बताएका छन् । साथै कोरियामा काम गरिरहेका सम्झौता सकिएको श्रमिकको पनि एक वर्षका लागि कोरियाले सम्झौता गरिदिएको उनले बताए । कोरियाले नेपालबाट श्रमिक लिन नपाएपछि पुराना श्रमिकलाई राखेर माग पूर्ति गरे पनि भाषा पास गरेका नेपालमा रहेका श्रमिक भने मारमा परेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  ०३:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP