Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • खोप प्रमाणीकरणमा सास्ती
खोप प्रमाणीकरणमा सास्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २१, २०७८
_119545528_0
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूलाई खोप प्रमाणीकरण गराउन सास्ती भएको छ । खोप लगाइसकेका श्रमिकले खोप लगाएको प्रमाणपत्र लिन सम्बन्धित निकायबीचको समन्वयको अभावमा प्रमाण पत्र लिन समस्या देखिएको हो । श्रमिकहरूका अनुसार खोप प्रमाणीकरणका लागि अस्पतालमा जाँदा हवाइ टिकट माग्ने, म्यानपावर कम्पनीमा जाँदा पहिला प्रमाणीकरण गरेर ल्याऊ भन्ने गरिएको छ । बिहानदेखि लाइनमा बस्दासमेत प्रमाणीकरणको कार्य हुन नसेको उनीहरूले बताएका छन् । विदेश जानका लागि पछिल्लो समय खोप लगाएको प्रमाण अनिवार्य गरिएको छ । जसका कारण अहिले सरकारले तोकेका अस्पतालहरूमा खोप प्रमाणीकरणका लागि विदेश जाने युवाहरूको लामो लाइन देख्न सकिन्छ । आफूहरु बाध्यताले गर्दा विदेश जानु परेको भन्दै रोजगार दिन नसक्ने सरकारले रोजगारीमा जानका लागि उपयुक्त वातावरणसमेत बनाउन नसकेको उनीहरूको गुनासो छ । सरकारले पछिल्लो समय ‘क्युआर कोड’मार्फत नै खोप प्रमाणीकरण गर्न भनेको छ । तर, त्यो कार्यान्वयनमा भने आउन नसकेको व्यवसायीहरूको भनाइ छ । सरकारले निर्देशन दिएको भए पनि कर्मचारीका कारण काममा ढिलाइ हुन गएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताएका छन् । खोप प्रमाणीकरणमा भएको समस्याले वैदेशिक रोजगारको क्षत्रलाई थप संकट उत्पन्न गरेको उनले बताए । केही खुकुलो भएको र श्रम गन्तव्य मुलुकले श्रमिक लैजानका लागि खोप लगाएको प्रमाण–पत्र अनिवार्य गरिरहेको अवस्थामा यसलाई सहज बनाइनुपर्ने उनको भनाइ छ । खोप लगाएका सबैले सहज र सुलभ रूपमा खोप लगाएको प्रमाण पाउनु पर्ने र त्यो ‘क्युआर कोड’मा हुनुपर्ने नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले बताएका छन् । जो कोही नागरिक विदेश जान जाहेमा सहज रूपमा जान पाउनु पर्ने भन्दै त्यसका लागि विदेश जान सहज हुने तरिकाले खोप लगाएको प्रमाण दिनु पर्ने उनले बताए । प्रमाणीकरणभन्दा पहिले टिकट काट्दा समयमा खोप प्रमाणीकरण नहुँदा टिकट रद्द हुने र श्रमिकलाई थप आर्थिक भार पर्ने उनको भनाइ छ । खोप लगाएपछि त्यसको प्रमाण दिने काम सबै प्रदेशमा गर्नुपर्ने उनले बताएका छन् । खोप प्रमाणीकरणको झन्झटले गरिबलाई थप समस्या भएको भन्दै यसमा सहजता ल्याउनु सरकारको दायित्व भएको उनले बताए । उनका अनुसार खोप लगाउने प्रक्रियामा नै समय लाग्ने भएकाले नेपालमा आउने माग नै गुम्ने जोखिम बढेको छ । वैदेशिकरोजगारमा गएकाहरूले पठाएको रेमिट्यान्सबाट देश चल्ने, तर उनीहरूले विदेश जानेका लागि भने निकै कष्ट भोग्नु परेको श्रमिकहरूले बताएका छन् । विदेश जानु रहर नभएर बाध्यता भएको उनीहरूको भनाइ छ । पछिल्लो समयको खोप प्रमाणीकरणले श्रमिक र व्यवसायी दुवै पक्ष मारमा परेको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका कार्यबाहक अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरिएको भए पनि काममा ढिलाइ भएको उनले बताए । मन्त्रालयले खोप ल्याएपछि सिस्टम तयार पार्ने गर्नाले ढिलाइ भएको उनको भनाइ छ । उनका अनुसार सरकारले खोप ल्याउनुभन्दा पहिले नै अनलाइनबाट प्रमाणीकरण गर्ने सिस्टमको विकास गर्नु पर्ने भए पनि त्यसो नगर्दा समस्या उत्पन्न हो । अस्पतालमा भिसा भएपछि प्रमाणीकरण हुनु पर्ने उनले बताए । प्रमाणीकरण हुनुभन्दा पहिले नै टिकट काट्दा प्रमाणीकरण भएन भने टिकटको रकम गुम्ने उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ०३:२१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP