
काठमाडौं– दक्षिण कोरियाले विदेशी विद्यार्थीलाई कोरिया प्रवेश नगर्न अनुरोध गरेको छ । कोरोनाको संक्रमण दर उच्च भएका नेपालसहित २६ देशका विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको हो ।
कोरियामा आउँदो सेप्टेम्बरदेखि त्यहाँका शिक्षण संस्थामा दोस्रो सेमेस्टरको अध्ययन सुरु हुँदै छ । तर, कोरियाको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित कोरोनाको जोखिम उच्च रहेका देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव दिएको छ । सेप्टेम्बरको अन्त्यसम्म आफ्ना ७० प्रतिशत नागरिकलाई खोप लगाइसक्ने लक्ष्य पूरा हुने र त्यसपछि प्रवेश खोल्ने पनि मन्त्रालयले जनाएको छ । कोरियाले नेपालसहित भारत, बंगलादेश, युएईलगायत देशका विद्यार्थीलाई प्रवेशमा रोक लगाएको बताइएको छ ।