Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एक सय ४० जनाले गरे आत्महत्या
एक सय ४० जनाले गरे आत्महत्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १८, २०७८
images
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीका लागि विदेशमा गएका १ सय ४० जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७७÷७८ मा विदेशमा ज्यान गुमाएका १ हजार २ सय ४२ जनामध्ये १ सय ४० जनाले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको हो । रोजगारीका लागि गएका नेपाली युवाहरू विश्वका २७ वटा देशमा मृत्यु भएका श्रमिकमध्ये १ सय ४० जनाले आत्महत्या गरेको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ । विदेशमा मृत्यु हुनेमध्ये सबैभन्दा धेरै विभिन्न किसिमका रोगका कारण मृत्यु भएको तथ्यांकले देखाएको हो । विभिन्न प्रकारका रोगका कारण विदेशमा कार्यरत २ सय २७ जना नेपाली श्रमिकको मृत्यु भएको छ । जसमध्ये ४ सय ११ जना पुरुष र १६ जना महिला रहेको बोर्डले जनाएको छ । विदेशमा रोजगारका लागि गएका युवाहरूमध्ये सबैभन्दा बढी साउदी अरबमा ३ सय ६२ जनाले ज्यान गुमाएको तथ्यांक रहेको छ । विदेशमा मृत्यु भएकाहरूमध्ये सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १ सय १९ जना रहेका छन् । जसमध्ये ३ जना महिला र बाँकी पुरुष रहेको बोर्डले जारी गरेको तथ्यांकमा देखिएको छ । त्यस्तै कार्यस्थलमा भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या भने २६ जना रहेको बोर्डले जनाएको छ । त्यस्तै प्राकृतिक मृत्यु भएका नेपालीको संख्या १ सय ७१ जना रहेको छ । विदेशमा हत्या भएका नेपालीको संख्या २ जना रहेको तथ्यांकमा देखिएको छ । त्यस्तै अन्य विविध कारणले गर्दा २ सय ४८ जनाले ज्यान गुमाएका छन् । कोरोनाले ३९ जनाको मृत्यु यसैबीच, विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा कार्यरत थप ३९ जना नेपालीको मृत्यु भएको छ । कोरोनाका कारण पछिल्लो ३ हप्ताको अवधिमा ३९ जनाको मृत्यु भएको तथ्यांक गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सार्वजनिक गरेको हो । एनआरएनएले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अवधिमा मलेसियामा मात्रै ३७ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै बाँकी १–१ जना इराक र युगान्डामा रहेका नेपालीको मृत्यु भएको छ । इराकमा कोरोनाका कारण नेपालीको मृत्यु भएको यो पहिलोपटक भएको बताइएको छ । योसँगै कोरोनाका कारण विदेशमा ज्यान गुमाउनेको संख्या ४ सय ८६ जना पुगेको छ । हालसम्म विश्वभरका २९ वटा मुलुकमा रहेका नेपालीले ज्यान गुमाएको एनआरएनएले जनाएको छ । संघको स्वास्थ्य समितिका अनुसार अहिलेसम्म विदेशमा ५४ देशमा रहेका १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार अहिलेसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् । पछिल्लो समय मलेसिया र भारतमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको एनआरएनएले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०३:०५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP