Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एक आर्थिक वर्षमा १२ सय जनाको मृत्यु
एक आर्थिक वर्षमा १२ सय जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १७, २०७८
Hardik health
काठमाडौं– एक आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका १ हजार २ सय ४२ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७÷७८ मा वैदेशिक रोजगारीमा गएका १ हजार २ सय १३ जना पुरुष र २९ जना महिला गरी १ हजार २ सय ४२ जनाको मृत्यु भएको हो । रोजगार गन्तव्य मुलुकमध्ये साउदी अरबमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । एक आर्थिक वर्षमा साउदी अरब गएका ३ सय ६२ जनको मृत्यु भएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा देखाइएको छ । नेपालबाट रोजगारीका लागि साउदीमा ज्यान गुमाउनेमध्ये २ जना महिला र ३ सय ६० जना पुरुष रहेका छन् । साउदी पछि रोजगारीमा गएर ज्यान गुमाउने नेपालीको संख्या मलेसियामा धेरै रहेको छ । मलेसियामा एक आर्थिक वर्षमा १ जना महिलासहित २ सय ८० जना नेपालीको मृत्यु भएको तथ्यांक छ । त्यस्तै नेपालीको अर्को रोजगार गन्तव्य मुलुक कतारमा एक आर्थिक वर्षमा २ महिलासहित २ सय ३९ जनाको मृत्यु भएको बोर्डले जनाएको छ । त्यस्तै, युएईमा १ सय ९६ पुरुष र १२ जना महिला गरी २ सय ८ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै वैदेशिक रोजगारको अर्को गन्तव्य मुलुक कुवेतमा ५५ जना, बहराइनमा ३१ जना, र ओमानमा ७ जनाको ज्यान गएको वैदेशिक रोजगार बोर्डको तथ्यांकलमा उल्लेख गरिएको छ । त्यस्तै, एक आर्थिक वर्षमा जापानमा ९ जनाले ज्यान गुमाएका छन् भने जोर्डनमा रहेका ६ जनाको पनि मृत्यु भएको छ । त्यस्तै मकाउ, रोमानिया र टर्कीमा समान ३–३ जनाको मृत्यु भएको छ । त्यस्तै अफगानस्थान, अल्जेरिया, चीन, साइप्रस र सेसेल्समा २–२ जनाको मृत्यु भएको छ भने युगान्डा, सिंगापुर, पोर्चुगल, पोल्यान्ड, माल्दिभ्स, लेवनान, इजराय र ब्रुनाईमा १–१ जनाको मृत्यु भएको बोर्डले जनाएको छ । त्यस्तै रोजगारीका लागि विदेश गएका १ सय ४३ जना नेपाली अंगभंग भएका छन् । रोजगारीका लागि विदेश गएर ज्यान गुमाउनेहरूमा सबैभन्दा बढी मोरङ जिल्लाका रहेका छन् । त्यहाँबाट विदेश गएका ५८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै धनुषा र सिराहका ५७–५७ जनाको मृत्यु भएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै महोत्तरीका ५५ जनाको मृत्यु भएको छ भने झापाका ५३ जनाले पनि विदेशी भूमिका ज्यान गुमाएका छन् । त्यस्तै स्याङ्जाका ४६, सप्तरी र सुनसरीका ४४–४४ जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ४० जना, चितवनका ३६ जना, दाङ र कास्कीका ३३–३३ जनाको मृत्यु भएको छ । गोरखाका २९, तनहुँका २९ जना, त्यस्तै पाँचथर र पाल्पाका २३ जना र मकवानपुरका २० जनाको मृत्यु भएको छ । त्यसैबीच, बोर्डले रोजगारीमा ज्यान गुमाएका मृतक कामदारका परिवारलाई झन्डै ७४ करोड रूपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ । विदेशमा मृत्यु भएका १ हजार २ सय ४३ जनाका परिवारलाई बोर्डले ७३ करोड ७७ लाख १५ हजार रूपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ । यस्तै अंगभंग, गम्भीर बिरामी भएर फर्किएका १ सय ४३ जना कामदारलाई ७ करोड ३३ लाख २ हजार २ सय रूपैयाँ आर्थिक सहायता प्रदान गरेको छ भने मृतक कामदारको शव विमानस्थलदेखि घरसम्म पु¥याउनका लागि १७ लाख ९४ हजार ९ सय ७६ रूपैयाँ खर्च गरेको बोर्डज जनाएको छ । यो रकम ७ सय ७० मृतकको शव घरसम्म पु¥याउन खर्च भएको जनाइएको छ । त्यस्तै वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका तथा गम्भीर घाइते भएका परिवारका बालबच्चालाई २ करोड ८ लाख ८२ हजार रूपैयाँको छात्रवृत्ति प्रदान गरिएको बोर्डको तथ्यांकले देखाएको छ । त्यस्तै ४ सय १३ जना अलपत्र परेककाको उद्धारमा बार्डले २ करोड ६६ लाख ७२ हजार ८ सय रूपैयाँ खर्च भएको जनाएको छ । १ सय २२ शव झिकाउन समन्वय र सहयोगको लागि मात्रै बोर्डको ९० लाख ६७ हजार ८ सय १० रूपैयाँ खर्च भएको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  ०३:१३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP