Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • हल्लाको पछि नलाग्न अनुरोध
हल्लाको पछि नलाग्न अनुरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १४, २०७८
Korea
RBB RBB
काठमाडौं– वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखा कोरियाले हल्लाको पछि नलाग्न आग्रह गरेको छ । पछिल्लो समय दक्षिण कोरियाको रोजगारका विषयमा सामाजिक सञ्जालमा भ्रामक समाचारहरू आएको भन्दै त्यस्तो हल्लाको पछि नलाग्न शाखाले अनुरोध गरेको हो । बुधबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा केही व्यक्तिहरूले कोरिया रोजगारीका विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने, कार्यालयका कर्मचारीहरूप्रति गालीगलौज गर्ने कार्य प्रति शाखाले खेद् प्रकट गरेको छ । साथै, यस्ता उच्छृंखल, अमर्यादित क्रियाकलापले प्रणालीलाई नै नकरात्मक असर पर्न सक्ने भएकाले यस्ता नगर्न÷नगराउन पनि शाखाले आग्रह गरेको छ । यस्ता गलत, तथ्यहीन समाचारले शाखाको गम्भीर ध्यानकर्षण गरेको भन्दै यस्तो समाचारको पछि नलाग्न सबैलाई सचेत गराएको छ । पछिल्लो समय दक्षिण कोरिया रोजगारीको प्रक्रिया सुरु हुने सम्बन्धमा सामाजिक सञ्जालमा विभिन्न भ्रमपूर्ण समाचारहरू सेयर गर्ने र कार्यालयका कर्मचारीलाई समेत गाली गलौज गर्ने गरेको भन्दै शाखाले यस्तो कार्यले इपिएस प्रणालीलाई नकारात्मक असर गर्ने भन्दै यस्तो कार्य नगर्न सबैलाई अुनरोध गरेको हो । रोजगारका लागि कोरिया जाने श्रमिकहरूलाई धर्य गर्न भन्दै अनाधिकृत सूचनाको विश्वास नगर्नसमेत सूचनामार्फत सबैलाई आग्रह गरेको छ । कोरोना महामारीको समयमा पनि कोरिया सरकारले तोकेका मापदण्ड पूरा गरी श्रमिक पठाउने विषयमा निरन्तर छलफलसमेत भइरहेको सूचनामा भनिएको छ । कोरोना महामारीका कारण भएको निषेधाज्ञा, अन्तर्राष्ट्रिय उडान बन्दलगायत कारण दक्षिण कोरियामा नियमित तथा कमिटेड व्यक्तिहरूको उडान प्रक्रिया रोकिएको पनि शाखाले जनाएको छ । अहिले नेपाल सरकारले सबै उडानहरू खुलाए पनि कोरोना संक्रमण बढिरहेका कारण पनि कोरिया जाने विषयमा ढिलाइ भएको बताइएको छ । अहिलेको समयमा कोरिया सरकारले नेपाली श्रमिक भित्याउन पनि रोक लगाएको छ । तर पछिल्लोपटक विभिन्न प्रयास पछि विभिन्न सर्तसहित नेपाली श्रमिक लैजान दक्षिण कोरिया सरकार राजी देखिएको पनि सूचनामा भनिएको छ । कोरियाले नियमित सिधा उडान हुनुपर्ने, कोरोना बिमा हुनुपर्नेलगायत सर्त राखेको छ । जसअनुसार नेपालले यी प्रक्रिया पूरा गर्न तयार रहेको जानकारी पनि कोरिया सरकारलाई दिइसकेको इपिएस शाखाले जनाएको छ । कोरियाको रोग नियन्त्रण महाशाखाको विभिन्न स्वास्थ्यका मापदण्डलगायत सर्त पालना गरी श्रमिक लैजान प्रयास भइरहेको र कोरिया सरकारले पनि जानकारी दिइसकेको बताइएको छ । सूचनामा अहिलेसम्म इपिएर प्रणालीमार्फत ६५ हजारभन्दा बढी नेपाली श्रमिक रोजगारका लागि भएको र अहिले कोरियाका रोजगारदाताको उच्च प्राथमिकतामा नेपाली श्रमिक पर्न सफल भएको भनिएको छ । यसैबीच, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सकले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट गर्नु पर्ने कार्य गर्न तयार रहेको भन्दै मन्त्री शर्माले कोरियाका तर्फबाट गर्नु पर्ने प्रक्रिया अघि बढाइदिन आग्रह गरेका छन् । जवाफमा राजदूत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालीहरूको मेहनत र इमानदारिताबाट कोरियाली रोजगारदाताहरू खुसी रहेको भन्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ०३:२६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ आइतबार, जेठ ४, २०८२
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता आइतबार, जेठ ४, २०८२
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग शुक्रबार, जेठ २, २०८२
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP