Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलबाट हजार जनाको माग
इजरायलबाट हजार जनाको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १३, २०७८
Hardik health
काठमाडौं– वैदेशिक रोजगारका लागि नेपालबाट तत्कालका लागि १ हजार जना श्रमिक इजरायल जान पाउने भएका छन् । इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीका रूपमा उनीहरू इजरायल जान पाउने भएका हुन् । इजरायलमा रोजगार गर्न जाने इच्छुकहरूलाई आवेदन दिन वैदेशिक रोजगार विभागले मंगलबार सूचना नै जारी गरेको छ । अबको २१ दिनभित्र इच्छुक व्यक्तिले निवेदन दिन सक्ने बताइएको छ । आकर्षक गन्तव्यका रूपमा हेरिएको इजरायल जानका लागि इच्छुक नेपाली युवाले विभागको वेबसाइटमा गएर आवेदन दिन सक्ने विभागले जारी गरेको सूचनामा भनिएको छ । इजरायल जानका लागि २५ वर्ष पूरा भएर ४५ वर्ष ननाघेको हुनु पर्ने विभागले जनाएको छ । रोजगारीका लागि इजरायल जाने १ हजार जनामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष श्रमिकले इजरायल जान पाउने भएका हुन् । इजरायल जान चाहनेले त्यहाँ जानका लागि लाग्ने खर्च भने आफैँले व्यहोर्नु पर्ने जनाइएको छ । यसका लागि १ ल्ँँख ६५ हजार रूपैयाँ लाग्ने पनि सूचनामा नै उल्लेख गरिएको छ । इजरायल जाने श्रमिकको न्यूनतम् तलब १ हजार ६ सय अमेरिकी डलर (झन्डै १ लाख ९० हजार नेपाली रूपैयाँ) हुने बताइएको छ । सूचनाअनुसार सरकारी संयन्त्र (जिटुजी) प्रणालीबाट इजरायलमा कामदार पठाइने छ । इजरायल जाने श्रमिकको सुरुमा करार अवधि १ वर्षको हुने र थप हुने विकल्पसहित ५ वर्षको करार अवधि हुने विभागले जनाएको छ । इजरायललाई कमाइ र कार्यस्थलको हिसाबले दक्षिण कोरियाभन्दा पनि आकर्षक श्रम गन्तव्यका रूपमा हेरिएको छ । इजरायलमा श्रमिक पठाउने विषयमा मन्त्रिपरिषद्को बैठकले नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिकालाई पारित गरेपछि विभागले कामदार पठाउने प्रक्रिया सुरु गरेको हो । निजी क्षेत्रको संलग्नतामा कामदार भर्ना गर्दा कामदारमाथि ठूलो आर्थिक शोषण भएको भन्दै नेपाल र इजरायलबीच गत ३० सेप्टेम्बरमा जिटुजीमार्फत नै श्रमिक लैजाने विषयमा श्रम सम्झौता भएको थियो । इजरायल जाने श्रमिक छनोट र भर्ना प्रक्रियामा नेपालको तर्फबाट वैदेशिक रोजगार विभाग र इजरायलको तर्फबाट पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए) ले गर्ने बताइएको छ । वैदेशिक रोजगार विभागले इजरायल हेर्ने छुट्टै संयन्त्र बनाएर नै काम गरिरहेको विभागका निर्देशक तथा सूचना अधिकारी महन्द्रनाथ भट्टराइले बताएका छन् । इजरायल जाने श्रमिकले हप्तामा ७ दिन दैनिक ८ घन्टा काम गर्नु पर्ने छ । त्यहाँ जाने श्रमिकले खाना खर्च आफैँले व्यहोर्नु पर्ने छ भने बस्नका लागि रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार सुरक्षित र स्वस्थ्य आवासको व्यावस्था हुने बताइएको छ । इजरायल जाने श्रमिकको उचाइँ १.५ मिटर र ४५ किलोग्राम तौल हुनु पर्नेछ । त्यस्तै कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभिङ सम्बन्धी ३ महिनाको तामिल प्राप्त गरेको व्यक्ति उम्मेदवार हुन पाउने विभागले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ०३:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP