Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • छात्रवृत्तिका लागि आवेदन खुला
छात्रवृत्तिका लागि आवेदन खुला
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १२, २०७८
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीमा ज्यान गुमाएका र पूर्ण रूपमा असक्त वा गम्भीर बिरामी भएकाहरूका सन्तानलाई छात्रवृत्ति प्रदानका लागि आवेदन माग गरिएको छ । वैदेशिक रोजगार बोर्डले सोमबार सूचना जारी गरेर छात्रवृत्तिका लागि निवेदन दिन आग्रह गरेको हो । छात्रवृत्ति पाउनका लागि रोजगारीका लागि श्रम स्वीकृति लिएर करार अवधिभित्र मृत्यु भएको वा गम्भीर बिरामी भएकाहरूका सन्तानले मात्रै छात्रवृत्ति पाउने बोर्डले जनाएको छ । त्यस्ता श्रमिकका छोराछोरीले अध्ययन गरिरहेको शैक्षिक संस्थामा वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, ०७१ को अनुसूची १ बमोजिमको ढाँचामा ०७८ को असोज मसान्तसम्म निवेदन दिन सकिने बताइएको छ । छात्रवृत्ति पाउनका लागि विदेशमा मृत्यु भएका र पूर्ण अपांगता भएर वैदेशिक रोजगार बोर्डबाट सत प्रतिशत आर्थिक सहायता लिएको परिवारका सन्तान हुनु पर्ने बोर्डले जनाएको छ । यस्ता परिवारका सन्तानले पूर्वप्राथमिक कक्षादेखि कक्षा १२ सम्म अध्ययन गर्ने र १८ वर्ष पूरा नगरेका बच्चाहरूलाई छात्रवृत्ति प्रदान गरिने बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । साथै साउन महिनासम्म बोर्डबाट आर्थिक सहायता प्राप्त गरेका श्रमिकका बच्चालाई मात्रै यो कार्यक्रममा समावेश गराइने जनाइएको छ । निवेदन दिनका लागि हालसम्म छात्रवृत्ति नपाएकाहरूका लागि श्रमिकको श्रम स्वीकृतिको निस्सा (स्टिकर) को प्रतिलिपि, निवेदकको संरक्षकको नागरिकताको प्रतिलिपि, विदेशमा मृत्यु भएका श्रमिकको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि, बोर्डबाट आर्थिक सहायता प्राप्त गरेको प्रमाणित हुने श्रमिकको राहदानीको प्रतिलिपि र राहादानी नम्बर समावेश गर्नु पर्ने भएको छ । त्यस्तै अशक्त भएका श्रमिकहरूका सन्तानको हकमा पूर्ण अशक्त भएको खुल्ने प्रमाण, विद्यार्थीको जन्म दर्ताको प्रतिलिपि, निवेदक, संरक्षक र श्रमिकबीचको नाता प्रमाणणित पत्रको प्रतिलिपि र सम्बन्धित स्थानीय तहको सिफारिस समावेश गर्नु पर्ने जनाएको छ । त्यस्तै छात्रवृत्ति प्राप्त गरिरहेका विद्यार्थीको हकमा भने विद्यार्थीको निवेदन, अध्ययनरत विद्यालयको कक्षा खुल्ने प्रमाण पेस गर्नुपर्ने सूचनामा भनिएको छ । बोर्डले आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीले वार्षिक ८ हजार, माध्यामिक तहमा अध्ययनरतलाई १२ हजार रूपैयाँ प्रदान गरिने बताइएको छ । एक जना विद्यार्थीलाई एउटा कक्षामा एकपटकका लागि मात्र वार्षिक एकमुष्ट रकम उपलब्ध गराइने बोर्डले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०३:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP