Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • स्तब्ध अन्तर्राष्ट्रिय विमानस्थल
स्तब्ध अन्तर्राष्ट्रिय विमानस्थल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १०, २०७८
Hardik health
काठमाडौं– शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आँसुको भेल बग्यो । रोजगारीका लागि मलेसिया गएर उतै ज्यान गुमाएका २४ शव नेपाल ल्याइएपछि उनीहरूका आफन्तको आँसुले विमानस्थल स्तब्ध देखिन्थ्यो । जन्मेपछि मृत्यु अवश्य छ तर आफ्नो देशमा रोजगारी नभएपछि घरको चुल्हो बाल्न वैदेशिक रोजगार जाँदा उतै मृत्युवरण गर्नेको आफन्तको पीडा शब्दमा लेखिन नसक्ने शनिबारको दृष्य स्पष्ट देखाइरहेको थियो । शनिबार राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको विमानले मलेसियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएपछि विमानस्थलमा स–साना बालबालिकादेखि झन्डै ७५ वर्षसम्मका आफन्तको आँसुले जोसुकैलाई पनि स्तब्ध बनाएको थियो । वैदेशिक रोजगार बोर्डको अनुसार समन्वयमा निगमको वाइडबडी ए ३३० विमानले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र ३ वटा अस्तु नेपाल ल्याइएको हो । बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव शनिबार नै आफन्तलाई जिम्मा लगाइएको बताइएको छ । शनिबार ल्याइएका शवहरूमा सल्यानका बुद्धिराम कामी, बर्दियाका मनीराम चौधरी, बैतडीका कर्णबहादुर बुढाथोकी, बाग्लुङका सन्दीप विक, प्रमोद विक र सुनील बिस रहेको शव रहेको छ । त्यस्तै तनहुँका झापटबहादुर थापा, पाँचथरका दलबहादुर मोक्तान, ललितपुरका कृष्णकुमार राईको शव नेपाल ल्याएको छ । त्यस्तै सुनसरीका होमबहादुर गुरुङ, बाराका रामचरित्र कानु, सिन्धुपाल्चोकका अमरबहादुर माझी, दैलेखका लोकबहादुर शाहीको शव पनि शनिबार नेपाल ल्याइएको छ । सिरहाका रूपेश पुलामी मगर, कपिलवस्तुका श्यामु थारु, औललढुंगाका सोमरबहादुर तामाङ र दलमान तामाङ, झापाका शम्भु विक, मोरङका कमलादेवी भण्डारी, झापाकै लोकबन्धु लावती, नवलपरासीका मति तामाङको पनि शव नेपाल ल्याइएको छ । त्यस्तै पाल्पाका यमबहादुर सनारी र झापाका गोविन्द बोहोरोको शव पनि नेपाल ल्याइएको छ । त्यस्तै नवलपरासीका मोहनप्रसाद चौधरी, डढेलधुराका मीन बहादुर विष्ट र सिरहाका रोशनकुमार यादवको अस्तु नेपाल ल्याइएको छ । यसैबीच, नपाल एअरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउनका लागि उडान भर्दा निकै पीडा हुने बताएका छन् । शनिबार मेलेसियाबा २४ शव ल्याएपछि क्याप्टेन लामाले सामाजिक सञ्जाल फेसबुकमा शव ल्याउँदा जस्तो दुःख, पीडा अरु कुनै पनि उडान गर्दा नहुने बताएका हुन् । १७ जुलाई अर्थात गएको शनिबार १२ वटा, बुधबार एउटा र शनिबार २४ वटा गरी एक हप्ताभित्रै ३७ वटा शव र ३ वटा अस्तु विदेशबाट नेपाल ल्याएको र अझै १८ वटा लिन जानुपर्नेछ भन्दै लामाले यस्तो संख्या सरकारका लागि तथ्यांकमा मात्रै सिमित भए पनि मृतक व्यक्तिका आश्रित परिवारको सर्वस्व गुमेको उल्लेख गरेका छन् । यस्तै फेसबुकमार्फत नै क्याप्टेन लामाले देशमा राजनीतिक खिचातानी छाडेर युवाहरूलाई श्रम र पसिना बेच्न विदेश जानुपर्ने बाध्यता हटाउन नेपालका राजनीति दल र नेतासँग आग्रह पनि गरेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  ०३:२२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP