
काठमाडौं– नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मुलुकमध्ये एक मलेसियामा पछिल्लो समय कोरोना संक्रमण हुनेको संख्या दैनिक १० हजारभन्दा बढी पुगेको छ । पछिल्लो हप्ता मलेसियामा १० हजार ७ सय १० जनामा संक्रमण पुष्टि हुनु नै सबैभन्दा कम संक्रमित हो ।
मलेसियामा बुधबार मात्रै ११ हजार ९ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो दिन कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि १ सय ९९ जना रहेको छ । त्यस्तै मंगलबार कोरोना संक्रमण हुनेको संख्या १२ हजार ३ सय ६६ जना रहेको थियो । मंगलबार कोरोनाका कारण थप ९३ जनाले ज्यान गुमाएको वल्ड्रो मिटरको तथ्यांकले देखाएको छ । त्यस्तै सोमबार १० हजार ९ सय ७२ जनामा संक्रमण पुष्टि भएको थियो भने शनिबार १२ हजार ५ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मलेसियामा हालसम्म कोरोनाबाट ९ लाख ५१ हजार ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ लाख ६ हजार ८ सय ५७ जना निको भएका छन् भने ७ हजार ४ सय ४० जनाको ज्यान गएको बताइएको छ । मलेसियामा संक्रिय संक्रमितको संख्या पनि १ लाख ३७ हजार ५ सय ८७ जना रहेको छ ।