Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक राजगारीमा जानेको संख्यामा गिरावट
वैदेशिक राजगारीमा जानेको संख्यामा गिरावट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ६, २०७८
Hardik health
काठमाडौं– गत आर्थिक वर्ष ०७७/७८ मा वैदेशिक रोजगारमा जानेको संख्यामा भारी गिरावट आएको छ । कोरोनाका कारण अघिल्लो आर्थिक वर्ष ०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा आधाभन्दा बढीले कमी आएको हो । आर्थिक वर्ष ०७६/७७ मा नेपालबाट मुख्य श्रम गन्तव्य मुलुकमा ३ लाख ६८ हजार ४ सय १३ जना वैदेशिक रोजगारीमा गएका थिए भने गत आर्थिक वर्षमा यो संख्या १ लाख ६६ हजार ३ सय ५ जनामा सिमित भएको छ । गत आर्थिक वर्षमा नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुक युएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा रोजगारका लागि जाने नेपाली श्रमिकको संख्यामा गिरावट आएको हो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारका लागि कतार जाने श्रमिकको संख्यामा २६ हजार ८ सय ४२ जनाले कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा ८१ हजार ५ सय ६७ जना रोजगारीका लागि कतार गएका थिए भने गत आर्थिक वर्षमा यो संख्या ५४ हजार ७ सय २५ रहेको छ । आर्थिक वर्ष ०७५/७६ मा भने रोजगारका लागि कतार जाने नेपालीको संख्या १ लाख ६१ हजार २ सय १२ जना रहेको थियो । त्यस्तै नेपालीको अर्को श्रम गन्तव्य मुलुक साउदी अरबमा पनि गत आर्थिक वर्षमा रोजगारका लागि जाने नेपालीको संख्यामा भारी गिरावट आएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा ८३ हजार १ सय ६३ जना साउदी गएका थिए भने गत आर्थिक वर्षमा ४६ हजार ७ सय ९६ जना साउदीका लागि गएका छन् । त्यस्तै अर्को श्रम गन्तव्य मुलुक मलेसिया जाने नेपाली संख्या पनि निकै कम रहेको छ । गत आर्थिक वर्षमा रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या जम्मा १ हजार १ सय ३५ जना रहेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने यो संख्या ५९ हजार ७ सय १४ जना रहेको थियो । आर्थिक वर्ष ०७५/७६ मा मलेसिया जाने नेपालीको संख्या ४२ हजार १ स्य ४६ जना रहेको थियो । यसैबीच, गत आर्थिक वर्षमा युएई जाने नेपालीको संख्या ४० हजार ४ सय ५६ जना रहेको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा आधाले कमी भएको छ । अघिल्लो आर्थिक वर्ष युएई जाने नेपालीको संख्या ९३ हजार ४ सय २२ जना रहेको विभागको तथ्यांकले देखाएको छ । यो संख्या आर्थिक वर्ष ०७५/७६ मा भने १ लाख १९ हजार ८ सय ५४ जना रहेको थियो । त्यस्तै ओमान जाने नेपालीको संख्या गत वर्ष ३ हजार १ सय ३१ जना मात्रै रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा भने ४ हजार १ सय ३९ जना रहेको थियो । आर्थिक वर्ष ०७५/७६ मा भने ओमान जाने नेपालीको संख्या ५ हजार ४ सय ३७ जना रहेको थियो । वैदेशिक रोजगारको सिलसिलामा गत आर्थिक वर्षमा नेपालबाट १ हजार १३ जना कुवेत गएको तथ्यांक छ । जुन अघिल्लो वर्ष १६ हजार ८ सय ६२ जना रहेको थियो । आर्थिक वर्ष ०७५/७६ मा भने कुवेत जाने नेपालीको संख्या २५ हजार ९ सय ९५ जना रहेको विभागको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष ६ हजार २ सय ८९ जना गएको बहराइनमा भने गत आर्थिक वर्षमा ४ हजार ९ सय ३९ जना श्रमिक गएका छन् । आर्थिक वर्ष ०७५/७६ मा ८ हजार ६ सय ७४ जना नेपाली श्रमिक बहराइन पुगेका थिए । यो बाहेक अन्य मुलुकमा रोजगारीका लागि जाने नेपालीको संख्या अघिल्लो आर्थिक वर्षमा २३ हजार २ सय ५७ जना रहेको थियो भने गत आर्थिक वर्षमा भने यो संख्या १४ हजार १ सय ८१ जना रहेको छ । यो संख्या आर्थिक वर्ष ०७५/७६ मा २६ हजार ५ सय ९५ जना रहेको थियो । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा कमी आएको भए पनि रेमिट्यान्स भने नघटेको राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०३:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP