Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एनआरएनए युकेको उपाध्यक्षमा कार्कीको उम्मेदवारी
एनआरएनए युकेको उपाध्यक्षमा कार्कीको उम्मेदवारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ५, २०७८
Mohan Karki
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको  उपाध्यक्षमा मोहन कार्कीले उम्मेदवारीको घोषणा गरेका छन् । एनआरएनए राज्य समन्वय परिषद् स्कटल्यान्डका निवर्तमान अध्यक्ष रहेका कार्कीले आगामी निर्वाचन बाट युकेको  उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । स्कटल्यान्डका गैरआवासीय नेपालीहरूको सल्लाहपछि नै आफूले एनआरएनएको युकेमा (२०२१-२०२३) कार्यकालको लागि  उपाध्यक्षमा (स्कटल्यान्ड) उम्मेदवारी दिएको उनले बताएका छन् । चुनाबको मुख्य एजेन्डा पारदर्शिता रहेको कार्कीले बताएका छन् । यसका अलावा नेपालीहरूको दोहोरो नागरिकताको पक्षमा, नेपालमा रहेको सम्पत्ति र लगानीको सुनिश्चिता, गोर्खाहरूको समान अधिकारका अभियानलाई एनआरएनए युकेमार्फत सशक्त बनाउनका लागि आफू चुनाबमा होमिएको उनको भनाइ छ । एनआरएनएलाई समाबेशी, राज्य समितिहरूलाई अधिकार सम्पन्न बनाएर एनआरएनए सीमित व्यक्तिमा मात्र नरहेर आमगैरआवासीय नेपालीहरूको साझा फूलबारी हुनु पर्ने कार्कीले बताएका छन् । कार्कीसँग ‘लबिङ’ गर्ने राम्रो क्षमता र उनको कार्य सम्पादन गर्ने शैलीका कारण एनआरएनए युकेको अभियानलाई अझ बलियो बनाउने एनआरएनएका कतिपय सदस्यहरूले बताए । विभिन्न सामाजिक संघ संस्थामा सक्रिय कार्की सफल व्यवासयी, प्रपटी लगानि कर्ता समेत हुन् । उनी अहिले त्यहाँ रहेका विभिन्न संघ संस्थामा सल्लाकारको भुमिकामा पनि रहेका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका कार्की अहिले व्यवसाय विस्तारको क्रममा फलक्रिकमा बसोबास गर्दै आएका छन् । त्यहाँ कार्कीको अध्यक्षतामा रहेको फोर्थ भ्याली नेप्लिज एसोसियनले स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न गतिविधिहरू गर्दै आएको छ । उपाध्यक्षका उम्मेदवार कार्कीको पहलमा अहिले स्कटल्यान्डका सरकारी अधिकारीहरू नेपाली भाषालाई हायर सेकेन्डरीको पाठयक्रममा समेट्ने बिषयमा सकारात्मक भइरहेको कार्कीले बताएका छन् । उनले स्कटल्यान्डका सम्पूर्ण नेपाली समुदायलाई समेट्ने गरेर वाताबरण परिवर्तन न्यूनीकरणका लागि बृहत ‘क्लाइमेट चेन्ज’ प्रोजेक्ट चाँडै सुरु हुने बताएका छन् । कार्कीको समाजसेवाप्रतिको सक्रियतालाइ स्थानीय सरकारी अधिकारीहरू र काउन्सिलले निकै सराहना गर्ने गरेका छन् । उनको सक्रियताको कारण स्कटल्यान्ड नेसनल पार्टीले स्कटल्यान्डको संसदमा सांसद एमएसपी (मेम्बर अफ स्कटिस पार्लियामेन्ट) को उम्मेदवार रूपमा पनि लान कार्कीलाई पहल गरिरहेको बताइएको छ । उनले ०७२ सालको भूकम्पको समयमा स्कटल्यान्डका विभिन्न संस्थाहरूसँगको सहकार्यमा सहयोग संकलन गर्नुका साथै भूकम्प पीडितहरूको अस्थायी घर निर्माणका लागि ठूलो सहयोगसमेत गरेका थिए । उनले कोरोनाको महामारीका समयमा नेपालका विभिन्न जिल्लामा सहयोग समेत गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०२:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP