Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एनआएनएको साधारण सभा कात्तिकमा
एनआएनएको साधारण सभा कात्तिकमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ४, २०७८
Nrna
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ सम्मेलन तथा साधारण सभा आगामी कात्तिक महिनामा हुने भएको छ । संघको शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले ग्लोबल सम्मेलन तथा साधारण सभा आगामी कात्तिक ६ देखि ८ अर्थात २३ अक्टोबरदेखि २५ अक्टोबरसम्म गर्ने निर्णय गरेको हो । ग्लोबल सम्मेलन तथा साधारण सभाका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समितिसमेत गठन गरिएको एनआएनएले जनाएको छ । भर्चुअल माध्यमबाट सम्पन्न बैठकले आगामी निर्वाचन अनलाइनमार्फत गर्ने निर्णयसमेत गरेको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरूको निर्वाचन अनलाइन प्रणालीबाट गर्ने संघले जनाएको छ । सम्मेलन सम्पन्न गर्न संघका अध्यक्ष पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिने संघका प्रवक्ता डिबी क्षत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी, निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क नलाग्ने निर्णय गरिएको एनआएनएले जनाएको छ । यसअघि संघको सम्मेलनमा प्रतिनिधि बन्नका लागि २ सय डलर शुल्क लिँदै आएको थियो । सैयौँ प्रतिनिधिहरूको शुल्कसहित विमान टिकटको खर्च पनि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारी बन्ने होडमा रहने उम्मेदवारहरूले नै व्यहोर्दै आएको भन्दै शुल्कको विषयमा चर्को आलोचना हुँदै आएको थियो । यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको छ । जसअनुसार अध्यक्षका लागि १० लाख रूपैयाँ, उपाध्यक्षहरू तथा महासचिवका लागि ६ लाख रूपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख, सह–कोषाध्यक्षका लागि ४ लाख रूपैयाँ शुल्क लाग्ने छ । त्यस्तै महिला तथा युवा संयोजकका लागि तीन लाख ५० हजार, क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार, क्षेत्रीय उप–संयोजकका लागि २ लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजक २ लाख ५० हजार र आईसीसी सदस्यहरूका लागि १ लाख रूपैयाँ उम्मेदवार मनोनयन दर्ता शुल्क तोकिएको छ । बैठकले एनआएनएको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउन्डेसन, आर्थिक नियमावलीलगायत विभिन्न १९ नियमावली संशोधन गर्नुका साथै आर्थिक वर्ष २०७८÷७९ को बजेटसमेत पारित गरेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP